ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

ढाकाकुमारलाई सांसद र पार्टी सदस्यबाट हटाउने रास्वपाको तयारी

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले सांसद र पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने भएको छ।

बुधबार बिहान ९ बजे चितवनमा बस्ने केन्द्रीय समितिको जुम बैठकले उनलाई संसदबाट समेत हटाउन संसद सचिवालयमा पत्र पठाउने तयारी गरिरहेको सभापति रवि लामिछाने निकट नेताले बताए।

‘ढाकाजीलाई पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने तयारी छ। संसदबाट पनि निलम्बन गर्नका लागि संसद सचिवालयमा भोलि पत्राचार हुन्छ,’ सभापति रवि लामिछाने निकट ती नेताले भने, ‘ढाकाको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापतिजी निकै आक्रोशित हुनुभएको छ।’ भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई छोड्न नहुने भन्दै सभापति लामिछानेले आपतकालीन केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

बैशाख १० गतेको उपचुनावको लागि रवि चितवन २ नम्बर क्षेत्रमा खटिएका छन्। अन्य नेताहरू बारा र तनहुँमा खटिएका छन्। ‘ केन्द्रीय समितिको बैठक जुममा बस्ने तयारी छ,’ महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले भने, ‘काठमाडौं, बारा, तनहुँ र चितवनबाट नेताहरु जोडिनुहुन्छ।’

श्रेष्ठले मन्त्री हुन दुई करोड लामिछाने निकट कोर टिमलाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।

रास्वपाले त्यसबारे अनुसन्धानका लागि डा. भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिलाई ७२ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। तर, समितिले ५० घण्टाभित्र मंगलबार नै प्रतिवेदन सभापति लामिछाने, महामन्त्रीलाई बुझाइसकेको छ।

सोही प्रतिवेदनका आधारमा श्रेष्ठमाथिको कारवाही हुन लागेको हो। रास्वपामा डा. देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने छन्।

श्रेष्ठसँग समितिले मंगलबार एक घण्टा लामो बयानसमेत लिएको छ। त्यसअघि श्रेष्ठले सोमबार इमेलमार्फत् लिखित स्पष्टीकरण बुझाएर आफ्नो आवाज एडिट गरेको दाबी गरेका थिए।

मंगलबार भौतिक रुपमा अनुसन्धान समिति समक्ष उपस्थित भएका श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान दोहोर्याएका छन्। उनले बयानका क्रममा अधिकांश समय रास्वपा गठनमा आफ्नो योगदान सम्झन आग्रह गरेका थिए।

समितिका एकजना सदस्यले भने, ‘ढाकाजीले ४५ मिनेटजति रास्वपा बनाउन गरेको मिहेनेतको व्याख्या गर्नुभयो, पछि बल्ल अडिओ आफ्नो नभएको दाबी गर्नुभयो।’ अनुसन्धान समितिले विभिन्न प्रमाण संकलन गरेको छ। अडिओबारे बाहिर आएका समाचार, ढाकाको विगत लगायतका पाटाहरु पनि प्रतिवेदनमा समावेश गरेर सभापतिलाई बुझाइदिएको छ।

‘अनुसन्धान समितिले सभापतिसमक्ष प्रतिवेदन बुझाईसकेको छ, डा. देवकोटाले भने, ‘ बिहान ९ बजे रास्वपाको केन्द्रीय समिति बैठक छ, त्यसैले थप कारवाहीबारे निर्णय गर्छ।’ उनले ढाकाको लिखित स्पष्टीकरण र बयानपनि लेखेर पठाइएको बताए।

‘उहाँले जे भन्नुभयो, त्यही लेखेर पठाइदिएका छौँ,’ देवकोटाले थपे। मंगलबार चुनावी प्रचारकाक्रममा सभापति रविले चितवनको कालिकामा ‘रुपैयाँ माग्नेहरू बोरामा कुहिएका केही आलु’ भन्दै कटाक्ष गरेका थिए। उक्त अडिओ तीन महिना पहिलेको भए पनि अहिले चुनावको मुखमा सार्वजनिक गरिएको रविले दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?