© २०२३
बुटवल २८ चैत ।
बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुनु दुःखद पक्ष रहेको सरोकारवालाले बताएका छन् । सेतोगुराँस बालविकास सेवा केन्द्र बुटवल र किडासाले आयोजना गरेको कोभिड शिक्षा परियोजनाको समिक्षात्मक कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हन् ।
सेतो गुराँस बालविकास सेवा केन्द्र रुपन्देहीका कार्यकारी प्रमुख सुमित्रा शर्माले महामारी पछिको समय धेरै बालबालिकाहरु विद्यालय जानबाट बञ्चित हुनु परेको भन्दै त्यसका लागि तीनै तहका सरकार गम्भीर बन्नु पर्ने कुरामा जोड दिईन् । उनले स्थानीय तहका संवेदनशील शखा नै यस विषयमा संवेदनशील हुनु नसक्दा समस्या सृजना भएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संघ संस्थाले काम गर्दा जहिले पनि वडासँग सहकार्य गरेर काम गरे नतिजा ल्याउन सहज हुने बताए ।
कार्यक्रममा परियोजना अधिकृत सृजना रेग्मीले कोभिडपछि बाल बालिकालाई विद्यालय पु¥याउन संस्थाले अभिभावक सहयोग गुप्र बनाएर काम गरेको बताईन् । उनले कोभिडपछि ७ सय ९५ जना बालिबालिकालाई विद्यालयका भर्नाका लागि सहजीकरण गरेको बताईन् ।
कार्यक्रममा सेतो गुराँस बालविकास सेवा केन्द्रका कोषाध्यक्ष गौमती सुनार, परियोजना अधिकृत चिरञ्जिवी ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ं१९ का वडा अध्यक्ष चन्द्रसिङ्ग थापा, १७ का वडाअध्यक्ष ज्ञानबहादुर रोक्का, मोतीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण मरासिनी लगायतले बोलेका थिए ।