ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दीपमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

२७ चैत्र २०७९, सोमबार
२७ चैत्र २०७९, सोमबार

बुटवल, २७ चैत ।

दीप बोर्डिङ हाई स्कुल बुटवल–८, सुख्खानगरमा सोमबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०७९ मा तहगत र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई पुरस्कृत र अभिभावकलाई सम्मान गरिएको थियो भने विद्यालयमा १० वर्षभन्दा बढी समयसम्म सेवा गर्ने शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा किशोर थापा, विजय सापकोटाको संयोजनमा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी दीप साहित्यिक परिवारका विद्यार्थीहरूले शिक्षक पुरुषोत्तम पाण्डेद्वारा लिखित समसामयिक विषयवस्तु समेटिएको हामी कहाँ छौ ? शीर्षकको नाटक प्रदर्शन गरेका थिए भने विद्यालयमा कार्यरत शिक्षिकाहरूले समेत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले देशको उन्नति र प्रगतिका लागि विद्यार्थीहरूलाई सिप र संस्कारयुक्त शिक्षा दिनुपर्ने, विद्यार्थीहरूलाई पढाइ र व्यावहारिक क्रियाकलापप्रति उत्प्रेरित गर्नुपर्ने बताउँदै दीप बोर्डिङ हाई स्कुलले शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरूको समुज्वल भविष्यका लागि शिक्षक र विद्यालयको मात्र नभई अभिभावकको पनि रचनात्मक भूमिका हुने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार डा. तिलक आचार्यले दीप बोर्डिङ हाई स्कुलले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आगामी दिनमा यस विद्यालयको थप शैक्षिक सफलताको शुभकामना दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पिया, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, शिक्षकद्वय पुरुषोत्तम पाण्डेय, विजय सापकोटा, लेखा प्रमुख रेखा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्राचार्य टीकाराम न्यौपानेले शैक्षिक सत्र २०७९ मा उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई र कार्यक्रममा उपस्थित हुने अतिथि, पत्रकार, शुभचिन्तक र सहयोगीलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?