ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

सर्प उद्दारका लागि सरोकारवालालाई तालिम

२७ चैत्र २०७९, सोमबार
२७ चैत्र २०७९, सोमबार

दाङ, २७ चैत ।

बिशालु सर्प मानव बस्तीमा देखापर्ने क्रम बढेको र त्यसको उद्दारमा समस्या भएको भन्दै डिभिजन वन कार्यालय दाङले तालिम संचालन गरेको छ । सर्पको उद्दारका लागि सरोकारवालालाई तालिम दिन शुरु गरेको छ । मानिसहरु बसोबास गर्ने क्षेत्रमा सर्पहरु बढ्ने गरेको, बिशालु सर्पले डसेका घटना बढेको र उद्दारमा समस्या देखिएपछि सरोकारबाला निकायलाई तालिम दिन सुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

गर्मीयाम शुरु भएसँगै मानिसको घरभित्र सर्प पस्ने र स्थानीय त्रसित हुने घटना बढेपछि सरोकारवाला निकायमार्फत उद्दारकर्ता बढाउने काम गरिरहेको डिभिजन वनकार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा ब्यवस्थापन कार्यक्रम अन्तर्गत सोमवार घोराहीमा बिषालु सर्प उद्दार तथा पुनस्र्थापनाका लागि सीप तथा प्रविधि सहयोग तालिम गरिएको छ ।

पारिस्थितिय प्रणालीमा सर्पको महत्व भएपनि मानिसले सर्प देख्नासाथ मारिहाल्ने घटना बढेपछि उद्दारमा सहयोग पुयाउनका लागि डिभिजन वन कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसमा आवद्ध ब्यक्तिहरुलाई सर्पको पहिचान र उद्दारको सिपका बारेमा दाङ कार्यालयले कार्यक्रम नै बनाएर अभियान थालेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

सर्पको उद्दारमा लामो समयदेखि खटेका रेञ्जर यमबहादुर रावतले नेपालमा पाइने सर्पका प्रजाति, सर्पका विशेषता, बिशालु सर्पको पहिचान र उद्दारका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी गराएका थिए । तालिमपछि संस्थागत रुपमा उनीहरुलाई सर्प उद्दार सामग्री समेत प्रदान गरिएको थियो ।

डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसमा आवद्ध प्रतिनिधिहरुलाई तालिम दिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?