© २०२३
बुटवल, २६ चैत ।
रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी आत्मशान्ति अनाथ आश्रमलाई स्याङ्जाका एक समाजसेवी दम्पत्तीले आर्थिक सहयोग गरेका छन् ।
स्याङ्जाको पेल्काचौर चरीमारा पुतलीसडक पुख्र्यौली घर भई हाल युके फामरुम बस्न कृष्ण बहादुर गुरुङ (साइराम) र उनकी धर्मपत्नी दिल धरी गुरुङको तर्फबाट समाजसेवी कपिल गुरुङले आश्रमलाई सहयोगस्वरुप ५० हजार हस्तान्तरण गरेका हुन् ।
गुरुङ दम्पत्तीले विभिन्न क्षेत्रमा यसअघि पनि आर्थिक सहयोग प्रदान गर्दै आएको र यहाँको आश्रममा आश्रित बालबालिकाहरुको हेरचाह र संरक्षणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको समाजसेवी कपिल गुरुङले बताए । आइतबार सहयोग रकम हस्तान्तरण गर्दै उनले आश्रमलाई यहाँसम्म ल्याइपुु¥याएकोमा यसका सञ्चालक मैनादेवी भण्डारीलाई धन्यवाद दिए ।
त्यस अवसरमा बोल्दै स्वामी पञ्चशील महाराजले अनाथहरुलाई सहयोग गर्नु मानवीय धर्म भएको र यसमा संलग्न हुनेहरुले पुण्य प्राप्त गर्न कहीं जान नपर्ने भन्दै सहयोगदातालाई धन्यवाद दिए ।
आश्रमकै अध्यक्ष मैनादेवी भण्डारीले आफूले आश्रम सञ्चालनका लागि एक करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएर अघि बढेको जानकारी दिंदै त्यो पूरा गरेपछि मात्रै आश्रमले भविष्यमा पनि अनाथहरुलाई आश्रय दिन सक्ने बताइन् ।
कार्यक्रममा स्थानीय समाजसेवी सीता बास्ताकोटी, जीवकला न्यौपाने, देवेन्द्र अधिकारीलगायतले आश्रममा रहेका अनाथहरुको सहयोगमा आफूहरु पनि निरन्तर लागिरहेको बताएका थिए ।