© २०२३
बुटवल, २४ चैत ।
रोयल ग्रुप बुटवलले चौथो स्थापना दिवसको अवसरमा रक्तदान तथा भौतिक सामग्री वितरण कार्यक्रम गरेको छ । ‘दान गरेको सम्पत्ति नै, आफ्नो सम्पत्ति हो ।’ नारासहित स्थापना भएको ग्रुप, न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको सहकार्यमा रक्तदान तथा सहयोग सामग्री वितरण गरिएको हो ।
नेपाल रक्त संचार केन्द्र, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शिवनगर सामुदायिक वन उपभोक्ता समूह कार्यालय परिसरमा भएको कार्यक्रमको ग्रुपका अध्यक्ष बोनिन पिया, क्लबका संस्थापक अध्यक्ष लक्ष्मण आचार्य, ग्रुपका कोषाध्यक्ष उमाशंकर मालपानी, महासचिव जिवकान्त काफ्ले, समाजसेवी रामप्रसाद खनाल, क्लबका सल्लाहकार नरेश कुमार श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरे ।
यसैगरी निलकण्ठ बाबा धाम मन्दिर ब्यवस्थापन समिति पाँच थान पंखा र ब्लड बैकलाई एक थान आईस बक्स समेत हस्तान्तरण गरिएको ग्रुपका संस्थापक सदस्य अभिषेक भारीले बताए ।
ग्रुपका अध्यक्ष बोनिन पियाले सामाजिक कार्यमा युवाहरुलाई अग्रसर गराउँदै १४ जना मिलेर स्थापना भएको ग्रुप विभिन्न सामाजिक गतिविधिमा अग्रसर रहेको बताए । सेवा भावनासहित सदस्यहरुबाट संकलन भएको सानो रकमबाट वर्षभरि कार्यक्रम गर्दै आएको उनले बताए । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लक्ष्मण आचार्य, ग्रुपका कोषाध्यक्ष उमाशंकर मालपानी, महासचिव जिवकान्त काफ्ले, समाजसेवी रामप्रसाद खनाल, क्लबका सल्लाहकार नरेश कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवलका सदस्यसचिव राधा शर्मा, प्राविधिक निरंजन राजभण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कामबाट नै सस्थाहरुको पहिचान बन्ने बताए । कार्यक्रम संयोजक हरिशंकर गुप्ताले २५ युनिट रगत संकलन भएको बताए ।