ट्रेंडिंग:

>> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

आर्थिक अपचलनमा मुछिए विद्यालयका अध्यक्ष र प्रधानाध्यापक

२४ चैत्र २०७९, शुक्रबार
२४ चैत्र २०७९, शुक्रबार

दाङ, २४ चैत ।

घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र आधारभूत विद्यालय दलजीतपुरमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा आर्थिक अपचलन भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जुद्धबहादुर केसी र प्रधानाध्यापक दामोदर लामिछानेले गत असोजमा विद्यालयको खाताबाट २ लाख रकम निकासा गरी लामो समय अपलचन गरेको तथ्य भेटिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष केसीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि विद्यालयको नाममा रहेको सार्वजनिक पैसा चेक काट्न लगाई दुरुपयोग गरेका हुन् ।

वडा नम्बर ५ का वडा अध्यक्ष विवेक बुढाथोकीले भने, ‘दशै अघि विद्यालयको खाताबाट पैसा झिकेको तथ्य छ, २ लाख अपचलन भएको देखिन्छ’, । ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा आर्थिक चलखेल भएको रहेछ, हामीले ढिलो थाहा पायौं’, उनले भने । प्रधानाध्यापक लामिछानेसँग विद्यालयको खातामा कति पैसा छ, अवस्था के छ भन्ने बारेमा सोध्दा जवाफ नदिएपछि शंका पैदा भएको र त्यसपछि पैसा मिलेमतोमा निकालिएको पाइएको उनले बताए ।

उनका अनुसार, बैंक खातामा पैसाको अवस्थाबारे प्रधानाध्यापक लामिछानेले जवाफ नदिएपछि खाता नम्बर माग्दा पनि दिन आनाकानी गरेपछि भोलिपल्ट विद्यालयको सबै अवस्थाबारे जानकारी गराउन समय दिएपछि प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई खातामा रहेको पैसा निकालेको बताए ।
विद्यालय व्यवस्थापन समितिले कुनै पनि निर्णय नगरी आफु खुशी एकलौटी ढंगले प्रधानाध्यापक लामिछाने र विद्यालयका लेखा हेर्दै आएका शिक्षक चुडामणि केसीले चेक काटेर अध्यक्षलाई रकम बुझाएका हुन् । लेखापालसमेत रहेका शिक्षक केसीसमेतको मिलेमतोमा प्रधानाध्यापक लामिछानेले २ लाख हिनामिना गरेको भेटिएको हो ।

चेक काट्ने शिक्षक चुडामणिले प्रधानाध्यापकले केही फरक पर्दैन, विद्यालय व्यवस्थापन समिति अध्यक्षले आफ्नो व्यक्तिगत खर्चका लागि पैसा चाहिएको हुँदा आवश्यक परेर मागेकाले दिने हो, कुरा गुपचुप राख्नु पछि मिलाउँला भनेपछि आफुले चेक काटेको वडा अध्यक्ष बुढाथोकीलाई बताएका थिए । विद्यालयको सार्वजनिक रकमलाई अपचलन गर्दा पनि विद्यालय प्रशासनले लामो समय कुरा गोप्य राखेर लुकाउन खोजेपनि तथ्य बाहिरिएपछि घोराही उपमहानगरपालिकाले पनि परिस्थितिलाई गुपचुपमै मिलाउन खोजेको पाइएको छ ।

गत पुस २० गते पाँचौँ संस्करणको मेयरकप फुटबल उदघाटनका बेलामा महेन्द्र आधारभूत विद्यालयको खातामा रहेको पैसा अध्यक्षले अपचलन गरेको र कानून अनुसार कारवाही हुनुपर्ने माग राख्दै पलिकालाई निवेदन दिएपनि पालिकाको सामाजिक विकास शाखाले यसको औपचारिक सोधीखोजी गरेको छैन । मौखिक रुपमा के कति कारणले यस्तो भएको हो भन्ने बाहेक अरु केही पनि नसोधेको सामाजिक विकास महाशाखाका शाखा अधिकृत घनश्याम वलीले बताए । ‘हामीकहाँ लिखित उजुरी पनि आएको छैन, बाहिर बाहिर सुनेको भरमा के भएको हो भनेर सोधेका हौँ, विद्यालयले पनि केही जवाफ फर्काएको छैन’, उनले भने, ‘विद्यालयको खातामा रहेको पैसा निकासा भएको भए विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हुनुपर्छ, के प्रयोजनका लागि निकाल्न लागेको हो, त्यो पनि खुल्नुपर्छ, तर यहाँ केही पनि देखिएको छैन ।’

सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलले विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले विधि र प्रकृया मिचेर काम गरेको बताए । ‘हरेक कुराको विधि प्रकृया हुन्छ, विद्यालयको खातामा रहेको पैसा यसरी आफु खुशी निकासा गरेर मनलाग्दी काम गरेपछि समस्या हुन्छ नै, त्यसमा पनि यसरी काम गरेर गुपचुपमा राखेर लामो समय व्यक्तिगत प्रयोजनमा पैसा चलाउनु हुँदैनथ्यो । किन यसो गरे उनीहरु नै जानुन्’ उनले भने, ‘हामी कहाँ लिखित उजुरी परेको भए सोही अनुसार कारवाही अघि बढ्थ्यो होला ।’

सामाजिक विकास महाशाखाका अनुसार घटना बारे पालिकाले पनि चासो लिएपछि प्रधानाध्यापक लामिछानेले पुसको अन्तिममा २ लाख रकम विद्यालयको बैंक खातामा फिर्ता गरेका छन् । सो रकम उजुरी परेको भनेको तीन दिनपछि अर्थात चार महिनापछि बैंक खातामा पैसा फिर्ता आएको हो । यद्यपि, सो रकम अध्यक्षले दिएको हो या प्रधानाध्यापक आफैले दवाब परेपछि बैंकमा दाखिला गरेको हो, सो बारेमा खुलाईएको छैन ।

पालिकाको नगर शिक्षामा लिखित उजुरी परेको हो तर उजुरी कता हरायो, यो अर्को अनुसन्धानको विषय बनेको छ । सामाजिक विकास समिति संयोजक राममणि पाण्डेले घटनाको बारेमा सोधखोज गरेर आन्तरिक रुपमा कारवाही गरिएको बताए । उनले महेन्द्र आधारभूत विद्यालयमा अध्यक्ष र प्रधानाध्यापकबाट कमजोरी भएको बताउँदै आवश्यक कारवाही नगर शिक्षाले गरिसकेको जानकारी दिए । उनका अनुसार, सो विद्यालयबाट प्रधानाध्यापक लामिछानेलाई नजिकैको अर्को विद्यालयमा सरुवाको प्रकृया अघि बढाईएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्षको हकमा भने अझै ठोस प्रकृया अघि बढेको छैन । घटनाबारे भित्रभित्रै गाइँगुइँ चलेपछि ढाकछोप गर्न पालिकाका केही कर्मचारी र जनप्रतिनिधि नै सक्रिय भई लागेको बताईएको छ । जसका कारण घटना भएको लामो समय भईसक्दा पनि विद्यालयको बेथिति बाहिरिएको थिएन ।

नगर शिक्षा समितिको फागुन पहिलो साताको बैठकले १९ वटै वडामा एक–एक वटा नमूना विद्यालय बनाउने गरी विद्यालय छनौट गरेकोमा सो विद्यालय पनि वडा नम्बरबाट नमूना विद्यालय बनाउनेमा परेको छ । सोही आधारमा नयाँ संरचना अनुरुप विद्यालय व्यवस्थापन समितिको चयन प्रकृया अघि बढाउने तयारी भएको छ । तर, काम भएको छैन । जसका कारण हाल सोही विद्यालय व्यवस्थापन समितिले काम गर्दै आएको छ ।

विद्यालयको सार्वजनिक सम्पत्तिको सही उपयोग गर्न, शैक्षिक गुणस्तर बढाउन तथा प्रशासनिक सुधारमा ध्यान दिन विद्यालय व्यवस्थापन समितिको भूमिका हुनुपर्नेमा व्यक्तिगत स्वार्थमा लिप्त हुन थालेपछि विद्यालयको सुधार त परैको कुरा भएका उपलब्धी पनि जोखिममा पर्ने वडा अध्यक्ष विवेक बुढाथोकीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission