© २०२३
दाङ, २४ चैत ।
दाङमा बिहिवार दिउँसो बस दुर्घटना भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ६ मसोटखोला नजिक नेपालगंजबाट घोराही तर्फ जाँदै गरेको भे १ ख २३१९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो सवा ३ बजेतिर भएको दुर्घटनामा परी ११ जना यात्रु घाईते भएका छन् ।
घाईतेहरुमध्ये ५ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, ३ जनाको लमही अस्पतालमा र ३ जनाको कृपा मेडिकल लमहीमा उपचार भईरहेको छ । घाईतेहरुको शरीरका विभिन्न भागमा चोट लागेको भएपनि सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बस चालक फरार रहेकाले खोजीकार्य तीव्र पारिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । घटना भएलगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय लमहीबाट प्रहरीको टोली खटिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी