ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
विशेष समाचार

घरनक्सा बनाउने नाममा ठगीको आरोप, पालिका र कन्सल्टेन्सीबीच जुहारी

एक समूहले सूचनाको गलत प्रयोग गर्दै गाउँगाउँमा आफ्ना कर्मचारी खटाएर घर नक्सा बनाउनुभएको छ की छैन ? बनाउनुभएको छैन भने हामी पालिकामा गएर बनाउने खर्चभन्दा यही सस्तोमा काम गरिदिन्छौँ भन्दै पचास हजार रुपैयाँसम्मको बार्गेनिङ गर्ने गरेको तथ्य बाहिरिएको छ ।
२३ चैत्र २०७९, बिहीबार
२३ चैत्र २०७९, बिहीबार

दाङ, २३ चैत ।

घोराही–३ भानपुरका कृष्ण चौधरीलाई आफुहरु घोराही उपमहानगरपालिकाबाट खटिएर आएको कर्मचारी भन्दै अफरका रुपमा सस्तोमा घरनक्सा बनाई दिने लोभ देखाएर केही पैसा समेत लिएका छन् । सोही स्थानका पुष्पा दमाई, शान्तराम चौधरीको अवस्था पनि कृष्ण चौधरीको जस्तै छ । शुरुमा घरमा आएर सस्तोमा घरनक्सा बनाएर पास गराई दिने आश्वासन पाएपछि काम गराउन आफुहरु तयार भएको उनीहरुको भनाई छ ।

‘पालिकाले खटाएको होकी होईन भन्ने ध्यान दिएनौँ, काम राम्रैका लागि हुन लागेको होला भन्ने लाग्यो, विश्वास गरेर पैसा पनि दियौँ’, अग्रिम पैसा दिएका एक स्थानीयले भने, ‘हामीले घोराही उपमहानगरपालिकाले नै खटाएका कर्मचारी होलान् भनेर विश्वास गरेका हौँ तर कुरा अर्कै पो रहेछ ।’

घोराही १८ की सुनिता सुनारलाई आफुहरु पालिकाबाट खटाईएको कर्मचारी भन्दै घरनक्सा बनाई दिने आश्वासन लिएर केही व्यक्ति घरमै पुगे । आफुले नक्सा पास गर्न पाईने भयो, काम सजिलै सेवा पाईने भयो भन्दै उत्साहित भएकी सुनितालाई पनि पालिकाले नै खटाएका कर्मचारी होलान् भन्ने लाग्यो । नक्सापास गर्न धेरै पैसा लाग्ने तर आफुहरुले सस्तोमा काम गरिदिने बताएपछि आफन्तीसँग सल्लाह लिँदा उनीहरु पालिकाले खटाएको व्यक्ति नभएको चाल पाएपछि प्रहरीलाई खबर गरे ।

उपमहानगरपालिका क्षेत्रभित्र निर्माण भएका भवनहरूको नक्सापास अभिलेखीकरण तथा कैफियत निर्माण सम्पन्न गर्नेबारे घोराही उपमहानगरले गत फागुन २८ गते सूचना जारी ग¥यो । सूचनामा घोराही उपमहानगरपालिकामा समावेश भएका साविकका गाउँ विकास समिति तथा नगरपालिकामा घर नक्सा पास प्रावधान नभएको तत्कालीन अवस्थामा निर्माण भएका तथा सो भन्दा पछि सम्पूर्ण घोराही उपमहानगरपालिकाभित्र नक्सा पास नगरी वा स्वीकृत नक्सा भन्दा फरक रुपमा निर्माण भएका भवनहरुको घर नक्सा अभिलेखीकरण तथा कैफियत निर्माण सम्पन्न दिइ करको दायरामा ल्याउन पालिकाको नगर सभाबाट घोराही उपमहानगरपालिकाको भवन निर्माण अनुमति तथा इजाजत सम्बन्धी कार्यविधि, २०७५ संशोधन भई नक्सा पास नगरी वा स्वीकृत नक्सा भन्दा फरक रुपमा निर्माण भएका भवनहरुको घर नक्सा अभिलेखीकरण तथा कैफियत निर्माण सम्पन्न दिने व्यवस्था गरे बमोजिम निर्माण भएका घरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ९० दिन अर्थात आगामी जेठ २६ गतेसम्म कागजातसहित दरखास्त दिई असार मसान्तसम्म प्रमाणपत्र लिइसक्न अनुरोध गर्यो ।

सोही सूचनालाई आधार बनाएर पालिकामा केही कन्सल्टेन्सीले पालिका र वडासँगको समन्वय बिना नै घरघरमा पुगेर आफू पालिकाले खटाएको व्यक्ति भन्दै सस्तोमा घरनक्सा बनाई दिने र पास गर्न सहजीकरण गरिदिने प्रलोभन दिएर पैसा उठाएको पाइएको छ । एक समूहले सूचनाको गलत प्रयोग गर्दै गाउँगाउँमा आफ्ना कर्मचारी खटाएर घर नक्सा बनाउनुभएको छ की छैन ? बनाउनुभएको छैन भने हामी पालिकामा गएर बनाउने खर्चभन्दा यही सस्तोमा काम गरिदिन्छौँ भन्दै पचास हजार रुपैयाँसम्मको बार्गेनिङ गर्ने गरेको तथ्य बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले ३ जना महिलालाई आइतबार नियन्त्रणमा लियो । उनीहरुको साथबाट केही प्रमाण पनि बरामद भएको छ । रजिष्टरमा विभिन्न व्यक्तिबाट ५५ हजार रुपैयाँ लिईसकेको देखिन्छ । खोज अनुसन्धान गर्दै जाँदा उनीहरुले कुन कन्सल्टेन्सीका लागि काम गर्दै थिए भन्ने बताउन सकेनन् । आफुलाई काममा लगाउने व्यक्तिको बारेमा नियन्त्रणमा परेका महिलाहरुले प्रहरीलाई जानकारी गराए । घोराही उपमहानगरपालिकालाई घटनाको बारेमा जानकारी गराएपछि कन्सल्टेन्सीका बारेमा यकिन अवस्था खुल्न सकेन । तर, फिल्डमा खटाउनेको बारेमा सोधखोज गर्दै जाँदा प्यूठानका अर्जुन बस्नेतले खटाएको भन्ने पत्ता लाग्यो । अर्जुनले घोराही उपमहानगरपालिकाबाट आकाभ ईन्जिनियरिङ कन्सल्टेन्सीका नाममा २०७६ मंसिर १७ गते व्यापार व्यवसायको इजाजत लिएको देखिएको छ । जसमा सिभिल इन्जिनियरिङ, निर्माण कार्य, सम्भाव्यता अध्ययन आदिको इजाजत दिईएको पत्रमा राजश्व शाखा प्रमुख कृष्णकुमार केसीले दस्तखत गरेर जारी गरेका छन् ।

भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा, पूर्वाधार विकास महाशाखाका अनुसार कुनै पनि कन्सल्टेन्सीलाई पालिकाको वडा वडामा खटाउने काम भएको छैन । तर, अर्जुन बस्नेतले २०७६ मा लिएको इजाजतका आधारमा नवीकरण नगरी आफु खुशी बिना प्रमाणका जनशक्तिलाई फिल्डमा खटाएको पाईएको हो । पूर्वाधार महाशाखाका प्रमुख युवराज पौडेलले २०७६ जेठ ५ देखि २०७६ असोज ५ सम्म अभिलेखीकरणको काम भएपनि त्यसयता नभएको बताए ।

‘जनगुनासो आएपनि अवस्था बुझ्दा समस्या रहेको पाईएको उनको भनाई छ । पालिकाले कोही कसैलाई खटाएर काम गर्नुस् भनेको छैन, होईन’, उनले भने, ‘के कति कारणले गाउँगाउँमा गएर पालिकामा गएर काम गर्ने हो भने महंगो शुल्क लाग्छ, हामी घरमै आएर सस्तोमा घरनक्साको काम गर्छौँ भन्दै काम गर्न थालेछन्, पालिकाको सूचनालाई गलत व्याख्या गरियो । यसो गरिनु हुँदैन ।’

जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार, अर्जुन बस्नेतले पालिकामा यसरी काम गर्न पाउने वा नपाउने भन्ने बारेमा सोधखोज भईरहेको छ । ‘फिल्डमा खटिएकाहरुले आफूहरु पालिकाले खटाएको कर्मचारी भनेकाले यसको आधारसहितको राय माग गरेका छौँ, कागजले सबै कुरा बोल्दैन’, उनले भने, ‘फिल्डमा नियम संगत काम गरेको जस्तो देखिएको छैन ।’

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले नागरिकले आफ्नो भौतिक सम्पत्तिको प्रयोग गर्न संस्थागत काममा समस्या भएको गुनासो गरेपछि टेबल दस्तुर लिएर भएपनि घर अभिलेखीकरण गर्न खोज्दा गलत सूचना प्रवाह गर्ने काम भएको बताए । ‘पालिकामा कति घर छन् । कस्ता घर छन् भनेर हामीले यो अभियान चलाएको हो’, उनले भने ‘राम्रो काम गर्न खोज्दा गाउँ गाउँ टोलटोलमा पुगेर सूचनाको गलत व्याख्या गरेर सस्तोमा घरनक्सा बनाई दिन्छु भन्दै भ्रम फैलाएर पैसा असुल्ने काम गर्न थालिएछ, यो तरिका गलत हो ।’

उनका अनुसार, इजाजत जारी भएयता उक्त कन्सल्टेन्सीले व्यवसाय नवीकरण पनि गरेको छैन । ५० हजारसम्म मागे भन्ने गुनासो आएको उनले बताए । अब समस्या नहोस् भन्नका लागि वडालाई सचेत गराउने काम भएको छ । हरेक काम वडाको सिफारिस बिना नहुने भएपनि गिरोह लगाएर गलत काम गर्न थालेपछि पालिकाले यसबारेमा चासो लिएको नगरप्रमुख चौधरीले बताए ।

उता, आकाभ कन्सल्टेन्सीका संचालक अर्जुन बस्नेतले आफूले इजाजत लिएर काम गरेको दावी गरेका छन् । कुनै पनि कामका लागि इजाजत लिएपछि कोही कसैलाई जानकारी गराउनु आवश्यक नठानेर कर्मचारीलाई गाउँगाउँमा पठाएर काम थालनी गरेको बेलामा आफूलाई दोषी देखाएर अरु कन्सल्टेन्सीले फाईदा उठाउन खोजेको आरोप लगाएका छन् ।

पालिकाले पनि ९० दिनको सूचना जारी गरेर बाँकी एक महिनामा घरनक्साको प्रमाण पत्र लिन भनेर भ्रम छरेको बताउँदै आफ्ना इन्जिनियर र कन्सल्टेन्सीलाई कमिशनको लोभमा काम दिन खोज्दा आफूले गरेको कामलाई अवैध देखाउन यस्तो गरिएको उनको तर्क छ ।

‘कमिसनको जालो छ, यहाँ भित्रभित्रै इन्जिनियरहरु एक अर्कासँग मिलेका छन्, घोराहीमा मात्रै ३५–४० वटा कन्सल्टेन्सी छन्, घरनक्सा बनाउने काम हामीले नै गर्ने हो तर, कमिशनको चक्करमा कसले मोलमोलाई गर्न सक्छ भन्ने मात्रै हो’, उनले भने, ‘पालिकाको घर नक्साको काममा ५–६ वटा कन्सल्टेन्सीको सिण्डिकेट छ, उनीहरु अरुले काम पाओस् गरोस् भन्ने चाहन्नन् ।’

फागुन ८ गतेको सूचनापछि पालिकामा ३ सय ४८ जना अभिलेखीकरणका लागि दर्ता भएका छन् । साविक घोराही नगरपालिकामा रहेका घरहरुको दस्तुर तेब्बर छ भने पालिकामा गाभिन आएका पालिकाहरुको दस्तुर चलनचल्तीमा लिने गरेको छ । यसैगरी, घोराहीमा साउनदेखि हालसम्म २ सय २० घरनक्सा पास भएको छ । अघिल्लो वर्ष ३ सय ९६ नक्सापास भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?