© २०२३
चन्द्रौटा(कपिलवस्तु), २१ चैत ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रौटा शाखाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको बुद्धभुमि नगरपालिका–१, भेलाई अवस्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालय कक्षा ११ मा अध्यनरत ४ विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
कम्पनीको १५औं बार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा दृष्टिबिहिन विद्यार्थीलाई सामग्री वितरण गरिएको शाखा प्रबन्धक बाबुराम घिमिरेले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम पौडेलले विद्यार्थीको प्रगतिको कामना गर्दै इन्स्योरेन्स कम्पनीले गरेको कार्य प्रशंसा गरे । आगामी दिनमा विद्यालयका नाम उच्च राख्ने विश्वास व्यक्त समेत उनले गरे । आम नागरिकका लागि जीवन बीमा गर्न अपरिहार्य रहेको उनको भनाई छ ।
यसैबीच बीमा कम्पनीले शिक्षा लगायत समाजमा खेलेको भुमिका उल्लेखनीय रहेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक देवराम पौडेल र चन्द्रौटा शाखा स्थापना कालदेखि अभिकर्ता भई काम गरेकी वरिष्ठ बिजनेस म्यानेजर कमला न्यौपाने लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।