ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

सहयोगकै भरमा अपाङ्ग आश्रम

२१ चैत्र २०७९, मंगलवार
२१ चैत्र २०७९, मंगलवार

बुटवल, २१ चैत ।

शारीरिक र मानसिक रुपमा अपाङ्गता भएकाहरुको आश्रित स्थल बनेको देविनगरस्थित नेपाल अपाङ्ग आश्रम विभिन्न सामाजिक ब्यक्तिहरुको सहयोगमै निर्भर छ । जन्म, विवाह जस्ता उत्सवका साथै मृतकका आफन्तहरुबाट तिथिहरुमा गरिने सहयोग नै आश्रम चलाउने मुख्य श्रोत हो । लुम्बिनी अटोमोबाईल्स एशोसिएशन अफ नेपाल नाडा लुम्बिनीका अध्यक्ष गणेश प्रसाद भट्टराईले आफ्नो जन्मदिनको अवसरमा मंगलबार अपाङ्ग आश्रममा आश्रितहरुलाई मीठो भोजन खुवाए ।

नेपाल अपाङ्ग आश्रम देविनगरमा मंगलबार विशेष कार्यक्रम गरी उनले आमा गिता भट्टराई, श्रीमती सीता भट्टराईसहित संस्थामा पदाधिकारी, सदस्यहरु सहित जन्मदिनमा सामाजिक कार्य गरेर मनाए । संस्थागत र ब्यक्तिगत रुपमा आश्रमलाई भौतिक सहयोग समेत गर्दै आएको भट्टराईले बताए । नाडाका महासचिव रोशन पाण्डेले अपाङ्ग आश्रमलाई निजी क्षेत्रसंगसंगै सरकारबाट समेत सहयोग जरुरी रहेको बताए ।

यता मंगलबार आश्रममा पुगेकी शान्तिचोककी सीता तिवारी बुबाको तिथि पारेर खाना खुवाउन आईन् । तिलोत्तमा नगरपालिका वडा नं. ३ बस्ने उनी खाद्यान्न सामग्री लिएर ईरिक्सामा आएकी थिईन् । बुबाको ४५ दिनको तिथिको अवसरमा थोरै सहयोग गरेको उनले बताईन् । आश्रममा उनी पहिलोपटक भने होईनन्, वर्षभरि नै विभिन्न अवसरमा सहयोग गर्दै आएको उनले बताईन् ।

आश्रमका उपाध्यक्ष लोक बहादुर थापाले शारीरिक र मानसिक अपाङ्गताहरुप्रतिको दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको बताए । अपाङ्गताकै कारण घरपरिवारबाट अपहेलित हुनुपरेकाहरुलाई आश्रय दिदै आएको छ । अहिले आश्रममा दैनिक उपभोग्य सामग्रीको अभाव रहेको सचिव हिमा गौतमले बताईन् । न्युनतम दैनिक १५ हजार रुपैयाँ बराबर खर्च हुने गर्दछ । जन्मदिन, विवाहउत्सव, विभिन्न तिथिहरुमा दाताहरुको सहयोगमा आश्रम चलेको छ । हाल आश्रममा ४० जना आश्रित छन् । कक्षा नसरी देखि १० कक्षासम्म प्रगति मावि, गाग्री बोर्डिङ, मणिमुकुन्द स्कुलमा अध्ययन गर्ने ८ जना यहाँ आश्रित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?