© २०२३
बुटवल, २० चैत ।
गुणस्तरीय आवासीय शिक्षा प्रदान गर्दै आएको काठमाडौ पनौतीमा स्थापित मल्पी ईन्टरनेशनल स्कुलले बुटवलमा अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयमा नया शैक्षिक सत्र शुरु भएसंगै यस क्षेत्रको अभिभावकहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एकेडेमीक कोअर्डिनेटर जिवनाथ अर्यालले उत्सुकता, उन्मुखता र उत्कृष्टता नारासहित २३ वर्षअघि स्थापना भएका विद्यालय तत्कालिन समयमा गुणस्तरीय शिक्षाको लागि विदेश जाने प्रवृत्ति रोक्न सफल भएको बताए । काठमाडौका ५० जना संस्थापकहरुबाट २१ औ शताब्दीको आवश्यकता अनुसार गुणस्तरीय र ब्यवहारिक शिक्षा प्रदान गर्न विद्यालय स्थापना गरिएको उनले बताए । काठमाडौबाट ३० किलोमिटर र बनेपादेखि ७ किलोमिटरको दुरीमा विद्यालय रहेको छ । स्वच्छ वातावरण, सुन्दर र शान्त वातावरणमा रहेको छ ।
विद्यालय भित्र विभिन्न समुदाय स्थापित गरी विद्यार्थीहरुमा सिकाईको भावना विकास गर्ने गरेको उनले बताए । विद्यार्थीहरुलाई विभित्र साहित्यलाई जोडेर नेतृत्व, सामुदायिक बनाउने लक्ष्यसहित अपेरो शो समेत गराउने गरेको छ । हालसम्म १४ वटा फरकफरक विद्यार्थीहरुको सिकाईलाई प्रर्दशन गर्ने गरी शो समेत देखाईएको उनले बताए । विद्यालयमा प्रोजेक्टमा आधारित सिकाईको ब्यवस्था गरिएको छ अझ त्यसमा पनि जसले उनीहरुमा क्षमता विकास गराउछ । यसैगरी अन्तर्राष्ट्रिय एक्सचेञ्ज कार्यक्रम अन्तर्गत पोल्यान्ड, अमेरिका, डेनमार्क, सिगापुर, मलेसिया, भारत लगायत देशका विद्यार्थी र मल्पिका विद्यार्थीहरु बिच संस्कृति आदानप्रदान र पढाईको ज्ञान दिदै आएको छ । विद्यालयको ३ सय विद्यार्थीहरुलाई आवासिय सेवा दिनसक्ने क्षमता छ ।
विद्यालयका प्रधानाध्यापक चन्द्रायन प्रधान श्रेष्ठले शैक्षिक, फिजिकल, कोकरिकुलर, सोसियल रुपमा क्षमतावान बनाउने लक्ष्य विद्यालयको रहेको बताए । २१ औ शताब्दीको माग अनुसार शैक्षिकमात्र नभई आजको समयमा जीवन जिउने सीप विकासको ज्ञान दिने गरिएको बताए । यसैगरी शिक्षकहरुलाई समेत प्रिप्राईमेरी, प्राईमेरी, सेकेण्डरीका तालिम दिने गरिएको उनले बताए ।
विद्यालयका पुर्व अभिभावक डा अखिलेश चौधरी तथा पुर्व विद्यार्थी हिसिला शाक्यले विद्यालयको वातावरण धेरै राम्रो रहेको दाबी गरे । विद्यालयका प्रशासन अधिकृत कुन्जन सिलवालले जनकपुर लाहानमा कार्यक्रम सम्पन्न भएको र अब भैरहवा, परासी, चितवनमा समेत कार्यक्रम गरिने बताए ।