ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

प्रेसलाई राज्यले सही नजरले हेरेनः अध्यक्ष पोखरेल

१९ चैत्र २०७९, आईतवार
१९ चैत्र २०७९, आईतवार

दाङ, १९ चैत ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस राज्यको नजरमा पर्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा प्रेस काउन्सिलका सदस्य र न्युनतम पारिश्रमिक निर्धारण समिति संयोजकसँग संचार माध्यममा आचारसंहिता पालना विषयक छलफल भएको हो ।

छलफल कार्यक्रममा अध्यक्ष पोखरेलले संसद र सरकारको प्राथमिकतामा मिडिया पर्न नसक्दा लामो समयदेखि बनेका ऐन, कानुन सही ढंगले कार्यान्वयन हुन नसकेको बताए । उनले मिडियाका एजेन्डा सरकार र संसदको प्राथमिकतामा पार्न पछिल्लो समय पत्रकार महासंघले निरन्तर पैरवी गर्दै आएको बताए । आफैले बनाएको कानुन कार्यान्वयनमा राज्य डराएको जिकिर गर्दै उनले संचार संस्था र पत्रकारको दिगोपनका लागि सबै कुरामा राज्य जिम्मेवार बनाउन महासंघका तर्फबाट झक्झक्याउने काम भईरहेको बताए ।

न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगिता खड्काले मिडियाको सबलीकरणमा दाङले खेलेको भूमिका अहम रहेको उल्लेख गर्दै कामका लागि अवसर पनि पाएको बताइन् । मिडिया क्षेत्रको विकासका लागि जुन ढंगबाट पहल भएको छ सो अनुसार विद्यमान ऐन कानुन नहुँदा कार्यान्वयनमा समस्या रहेको उल्लेख गरिन् । ऐन लागू भएको २८ वर्ष भई सक्दा अझै पूर्ण कार्यान्वयन हुन नसक्दा अब नाम र अधिकार स्पष्ट खुलाउन संशोधन प्रयास जारी राखेको बताइन् । पुरानो संचार ऐनले आफुहरुलाई अनुगमन र सम्बन्धित निकायमा पहल गर्न सक्ने अधिकार दिए पनि कारवाही गर्ने अधिकार नपाएको हुँदा कामको प्रभावकारितामा प्रश्न उठ्ने गरेको बताइन् ।

प्रेस काउन्सिल सदस्य दीपक पाण्डले समस्या ऐन नियममा रहेको औँल्याउँदै गलत र कमजोर मानसिकताले काम गर्दा संचार क्षेत्रमा असर देखा पर्ने गरेको बताए । पत्रकार शुद्धीकरणमा पनि जटिलता देखिएको बताउँदै उनले कन्टेन्ट र संरचना शुद्धीकरणमा अघि बढ्न सुर्खेतको अधिवेशनले बाटो तय गरेको उल्लेख गरे ।

नियम कानुन बनाउने कर्मचारीबाट जहिले पनि जनमैत्री नियम कानुन बनोस् भन्ने चाहना नराख्दा सिद्धान्त भन्दा व्यावहारिक कठिनाई हुने गरेको बताए । सोही कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले मिडिया क्षेत्र भय र लोभबाट मुक्त नहुँदासम्म नैतिक स्खलन भईरहने र यसले सिंगो संचार क्षेत्र कमजोर बन्ने खतरा रहेको बताए । सत्ताको चरित्र मिडिया कमजोर बनाउने हुँदा त्यसबाट कसरी बचेर जनता प्रति जवाफदेही हुने र सत्तालाई खबरदारी गर्ने भन्नेमा चनाखो हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा महासंघ दाङ शाखा पूर्वअध्यक्ष तथा नयाँ युगबोध दैनिकका प्रवन्ध निर्देशक प्रताप रेग्मी, रेडियो मध्यपश्चिम संचालक समिति अध्यक्ष मधुसूदन वैद्य, महासंघका पूर्वअध्यक्षहरु केबी मसाल, केएल पीडित, सुदीप गौतम, सविन प्रियासन, मेचीकाली अनलाइनका सम्पादक टीका बस्नेतले पत्रकारिता र मिडिया क्षेत्रको संवद्र्धन र प्रवद्र्धनका लागि राज्य उदार हुन आवश्यक रहेकोमा जोड दिए । मिडिया क्षेत्रमा देखा परेका समस्या अरुलाई भन्ने भन्दा महसुस गर्न सके धेरै समस्या समाधान हुनेमा उनीहरुको सुझाव थियो ।
आर्थिक संकट, विश्वसनीयता संकट मात्रै नभई अहिले पत्रकारहरुको काम र गतिविधिमा पनि संकट पैदा भएको तर्फ संकेत गर्दै पत्रकारसँगै कर्मचारी, सम्वद्ध संस्था, राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताए । यस्तै, अहिले नयाँ मिडियाको प्रभाव बढ्दै गएको तर्फ नियमन कसले र कसरी गर्ने भन्नेमा स्पष्ट हुन पनि उनीहरुको भनाइ थियो ।
महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?