ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रिव्दीकोटमा स्वास्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच

१९ चैत्र २०७९, आईतवार
१९ चैत्र २०७९, आईतवार

बुटवल, १९ चैत ।

रोटरी ई–क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको आयोजना तथा रिप्दीकोट गाउँपालिकाको सहआयोजनामा वृहत निःशुल्क स्वस्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । एक कार्यक्रमका बीच रिप्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले शिविरको उद्घाटन गर्दै विशेषज्ञ चिकित्सकहरुको सहयोगमा स्वस्थ्य सेवाको पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाइ घरदैलोमा सेवा दिन सफल भएको बताए ।

क्लबका अध्यक्ष डा प्रकाश बस्नेतले स्वस्थ्य पेशामा आवद्ध रहेका चिकित्सकहरुको फोरम बनाएर सामाजिक हितमा अग्रसर हँुदै आएको बताए । शिविरमा जाचसंगै निशुल्क औषधी वितरण समेत गरिएको उनले बताए । स्वास्थ्य शिविरमा सहयोग गर्ने चिकित्सकहरुलाई कार्यक्रममा सम्मानपत्रबाट सम्मानसमेत गरिएको थियो ।

रिप्दीकोट बतासेमा रहेको कालिका माध्यमिक विद्यालयमा गरिएको शिविरको बालरोग डा सन्तोष पोखरेल, नेत्र डा विनिता भट्टराई, रेडियोलोजी डा आविष्कार बज्राचार्य, डा वसन्त शर्मा, ईएनटी डा प्रकाश बस्नेत, डा सुमन पौडेल, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा अनुपा थापा, डेन्टल डा आकृति बानिया, फिजिसियन डा साहिल भुषाल, अर्थोपेडिक डा शेखर पोखरेल, सर्जरी डा बिर्खराज जोशी, मनोचिकित्सक डा विक्रम काफ्ले, डा विजय घिमिरे, स्त्रीरोग विशेषज्ञ डा सतिस रुपाखेती गरी १७ जना विशेषज्ञ तथा १२ जना स्वास्थ्य सहयोगीहरुबाट शिविरमा सहयोग भएको कार्यक्रम संयोजक कपिल आचार्यले बताए ।

शिविरमा ९० जनाको मधुमेह जाँच, १ सय ३२ जनाको हाडजोर्नी तथा नशा, ९२ जना आखा जाँच, ४६ जना नाक कान घाँटी, १ सय ५९ जना जनरल फिजिसियन, १८ जना मुख तथा दाँत, १७ जना मनोचिकित्सक, २० जना बालरोग, १४ जना जनरल सर्जरी, ९१ जना महिला रोग जाँच भएकोमध्ये ५० जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो । कुल ५ सय ८२ जना सेवाग्राहीले सेवा लिएका थिए भने १ सय २१ जनाले भिडियो एक्सरे सेवा लिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?