© २०२३
नवलपरासी, १९ चैत ।
पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पस नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा नेकपा एमाले सर्मर्थित प्यानल नै विजयी भएको छ । एमालेका उम्मेदवार पुण्य प्रसाद पौडेल २ सय ७९ मतका साथ विजयी भएका छन् भने काग्रेस सहितका अन्य दलको सर्मथनमा उम्मेदवार बनेका यमबहादुर थापा मगर १ सय १६ मतान्तरले पराजित भएका छन् । थापाले १ सय ६३ मत मात्र पाएका छन् ।
क्याम्पस संञ्चालक समितिको अध्यक्षमा निर्वाचित पौडेल गत मंसिरमा सम्पन्न प्रदेश र संघको निर्वाचनमा प्रदेश सभा सदस्य पदमा पराजित भएका थिए । यसैगरी उपाध्यक्षमा एमालेकै दया दर्लामी २ सय ४८ मतका साथ विजयी भएकि छन् भने निकटतम प्रतिद्वन्दी इन्द्र प्रसाद सापकोटाले १ सय ८८ मत ल्याएका छन् । यसैगरी महिला सदस्यमा राधा ढकाल र मधुमाया पौडेल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा पृतम पौडेल, सुभाषचन्द्र जिसि, कृष्ण प्रसाद पाण्डे, प्रदिप सुवेदी, धनन्जय पौडेल, विष्णु बराल र छविलाल देवकोटा निर्वाचित भएका छन् । कुल ५ सय ८२ मतदाता मध्ये ४ सय ५६ जनाले मतदान गरेका थिए । चार वर्षे कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, दुई महिला सहित ९ जना सदस्यको लागि भएको चुनावमा २३ जनाले उम्मेदवारी दिएका थिए ।