ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

जीवन धान्न दुग्ध आवश्यक

१८ चैत्र २०७९, शनिबार
१८ चैत्र २०७९, शनिबार

चन्द्रौटा(कपिलवस्तु), १८ चैत ।

नयाँबस्ति दुग्ध उत्पादन सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका–११, नयाँबस्तिमा रहेको सहकारीको ३० औं साधारणसभा शनिबार सम्पन्न भएको सहकारीले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले आर्थिक पाटोलाई मजबुत बनाउँदै सहकारीले सामाजिक गतिविधिमा प्रभावकारी भुमिका खेल्ने बताए । ग्रामीण भेगलाई मध्यनजर गर्दै सञ्चालन गरिएको दुग्ध संकलन केन्द्रले आम स्थानीयको समस्या समाधान गर्न ज्वलन्त उदाहरण भएको केसीले उल्लेख गरे ।

यसैबीच शिवराज नगरपालिका–११ का वडा अध्यक्ष रामेश्वर बर्माले लामो समयदेखि सञ्चालनमा रहेको सहकारीले स्थानीय समुदायका पशुपालकलाई सकारात्मक प्रभाव पारेको बताए । दुग्ध संकलन गर्न टाटा जानुपर्ने बाध्यता हटेको उनले दाबी गरे । वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले पशुपालक किसानलाई सहकारीले टेवा पुगेको बताए । सहकारीले दुग्ध संकलन मात्रै नभएर अब कृषकलाई मल खाद लगायत कृषिजन्य वस्तु उपलब्ध गराउने कार्य सराहनीय रहेको जनाए ।

नेपाल डेरी एसोसियसन ग्लोबल डेरीका अध्यक्ष थानेश्वर न्यौपानेले देशलाई समृद्ध बनाउन सहकारीले उत्पादनमूलक कार्यमा लगानी गरेको बताए । कृषकले उत्पादन गरेको दुग्ध सहकारीले संकलन केन्द्र सञ्चालन गरि सराहनीय कार्य गरेको उनले प्रशंसा गरे । यत्रतत्र छरिएर रहेको किसानको मर्म बुझि सहकारी स्थापना गरिएको दावी गरे ।

सहकारीले गत आर्थिक बर्ष २०७८–०७९ मा २ करोड ४१ लाख ४९ हजार ९ सय २८ रुपैयाँको कारोबार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारीको डेरीमा लामो समयदेखि गाउँघरबाट संकलन गरि ल्याउने स्थानीय १२ कृषकलाई ठेकी र खादाले सम्मान समेत गरिएको सहकारीले जनाएको छ । त्यसैगरी शिवराज नगरपालिका पशु शाखा प्रमुख धानेश्वर खनाल र लेखनाथ खनाल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?