© २०२३
पश्चिम नवलपरासी, १६ चैत ।
नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ । पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पेशागत चुनौतीलाई एक जुट भएर सामना गर्ने र व्यावसायिक र मर्यादित पत्रकारितालाई अगाडि बढाउनुपर्ने बताए । पत्रकारिता भित्र उठेका प्रश्नलाई पनि स्विकार्दै विश्वसनीय पत्रकारिता अभिवृद्धि गर्नेतर्फ लाग्न उनले सबैलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघले स्थापना दिवसको अवसरमा आयोजना गर्दै आएको प्रभातफेरि पहिलो पटक उपत्यका बाहिर गरेको हो । बिहीबारै केन्द्रीय समितिको ८ औ पुर्ण वैठक भगवान गौतम बुद्धको एकमात्र सिंगो अस्तु रहेको ऐतिहासीक स्थल रामग्राम स्तुपमा बसेको छ ।