ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

महिलाद्वारा उत्पादित वस्तु नगरपालिकाले खरिद गरी बजारीकरण गर्छ – उपप्रमुख अर्याल

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

बुटवल, १६ चैत ।

बुटवल उपमहमनगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको बताएकी छन् । “महिलाहरुमा इच्छाशक्ति भयो भने जस्तासुकै काम गर्न सकिन्छ”– अर्यालले भनिन् ।

रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा किशोरी आमाहरुका लागि आयोजना गरिएको ३ महिने सिलाई कटाई तालिम कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख अर्यालले सीप सिकेका महिलाहरुले निर्माण गरेका सामग्री नगरपालिकाले खरिद गर्ने र बजारीकरणमा सहयोग गर्ने बताएकी हुन् । तालिममा सहभागी किशोरी आमाहरुलाई सिलाई सामग्री हस्तान्तरण गरी उदघाटन गरिएको कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले महिलाहरुले आर्थिक उपार्जन गर्न नसक्दा सम्म कहिल्यै सफल र सक्षम हुन नसक्ने बताइन् ।

“अब तपाईहरुले सिकेर तयार गरेका वस्तुहरु बुटवल उपमहानगरपालिकाले लिन्छ, हामीले कोशेली घर निर्माण गर्दैछौ, सबै महिलाहरुले उत्पादन गरेका बजारीकरणका लागि योग्य सबै वस्तुहरु बुटवल उपमहानगरमा ल्याउनुस्, नगरले लिन्छ, अनि कहाँ निर्यात गर्नुपर्छ ? नगरपालिकाले त्यो काम गर्छ”, उपप्रमुख अर्यालले भनिन् ।

अर्यालले बुटवल उपमहानगरपालिकामा रहेका महिलाहरुलाई सबल, सक्षम र आर्थिक उपार्जन गर्न सक्ने बनाउन बिभिन्न सिपमूलक तालिमको आयोजना गरिरहेको बताइन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र खनालले मनको डर र लाज हटाएर लाग्ने हो भने महिलाहरु सक्षम हुन धेरै समय नलाग्ने बताइन् ।


सीपहरु मध्येको उत्कृष्ट सिप सिलाई कटाइले अन्य फेसन डिजाइनरका काम पनि गर्न सहज हुने वडा अध्यक्ष खनालको भनाई थियो । नगरले, वडाले खुलाएका महत्वपूर्ण तालिममा महिलाहरुको सहभागिता हुन नसकेको भन्दै सीप सिक्न चाहने किशोरी वा अन्य महिलाहरुले वडामा सम्पर्क गर्न अनुरोध गरिन् । रोटरी क्लबका एजी राजुदेवी खनालले परीक्षा दिएपछि जहिले पनि नतिजा राम्रो आओस भन्ने चाहाना हुन्छ, त्यसैले नतिजा आउँदा सकारात्मक र सक्षम आर्थिक उपार्जन सक्ने किशोरीका रुपमा स्थापित हुन सक्नेगरी सीप सिक्न अनुरोध गरिन् । रोटरी क्लब अफ तिनाउ बुटवललका प्रेस सल्लाहकार अस्मिना पाण्डेले बुटवलमा रहेका छिटो विवाह गरेका किशोरी आमाहरुका बिषयमा अध्ययन गरेर उनीहरुका समस्या पहिचान गरी जिवनउपयोगी सिपको आवश्यकता पहिचान गरी आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको बताइन् ।

रोटरी क्लब अफ तिनाउका अध्यक्ष कल्पना तिवारीले महिलाहरु मात्रै आवद्ध रहेको क्लबमा रहेका महिलाहरुले आफ्नो खाजा खर्चबाट जोगाएर बचत गरेको केही रकम र रोटरी डिष्ट्रिकको सहयोगमा तालिमको आयोजना गरिएको बताइन् ।

किशोरी आमाहरुको सहभागिता रहेको ३ महिने सिलाई कटाइ तालिमको लामो समयदेखि सिलाई कटाईमा सक्रिय विमला प्रधान प्रशिक्षकको रुपमा रहेकी छन् । कार्यक्रम क्लबका प्रेसिडेन्ट इलेक्ट अमृता भुसाल, सचिव अनिता भुसाललगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?