© २०२३
दाङ, ८ चैत ।
महेन्द्र बहुमुखी क्याम्पस दाङ घोराहीमा अहिले स्वतन्त्र विद्यार्थी युनियनका लागि मतदान भैरहेको छ । मतदानमा विद्यार्थीहरुले उत्साहका साथ भाग लिएका छन् । बिहान –८ बजे देखि मतदान शुरु भएको हो । यो क्याम्पसमा करिब ६ हजार विद्यार्थी रहेकोे क्याम्पस प्रशासनले जानकारी दिएको छ । यही चैत ५ गते हुनुपर्ने निर्वाचन असन्तुष्ट पक्षको अवरोधका कारण स्थगित भएको थियो । स्थगीत निर्वाचन आज भएको हो । तस्विरहरु :रञ्जिता अधिकारी