ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बढ्दो अपराधका कारण असुरक्षित बन्दै महिला

८ चैत्र २०७९, बुधबार
८ चैत्र २०७९, बुधबार

दाङ, ८ चैत ।

समाजमा विभिन्न प्रकृतिका आपराधिक घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने पनि आपराधिक घटना डरलाग्दो गरी बढ्दै गएको देखिएको छ ।

फागुन २६ गते राती घोराही उपमहानगरपालिका वडा नम्बर १७ कीे २९ वर्षीया महिलामाथि सामूहिक बलात्कार भयो । जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभारबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमो प्रहरीले पक्राउ गरेको हो । बंगलाचुली गाउँपालिका ४ मुलाबारीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

जिल्लामा भइरहेका बलात्कार, बलात्कार प्रयास, बहुविवाह, बाल यौन हिंसा, बेखविखन, आत्महत्यालगायतका अपराधको संख्या निकै ठूलो छ । आर्थिक वर्ष २०७७–०७८ मा ८१ बलात्कारका घटनामा महिला तथा बालिका पीडित भएका छन् भने आर्थिक वर्ष २०७८–०७९ मा ८३ बलात्कारका घटना भएको प्रहरी तथ्यांक छ । त्यस्तै चालु आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना भएका जिल्ला प्रहरी उपरीक्षक वीर वहादुर वलीले जानकारी दिए ।

आपराधिक घटना बढ्दै गएपनि राजनीतिक, सामाजिक, पारिवारिक प्रभाव, पीडित र जाहेरीवाला नै आर्थिक प्रलोभनमा पर्ने, होस्टाइल हुने, अदालतमा बयान फेर्ने, पीडित खुलेर बोल्न नसक्ने अवस्थाले हिंसासम्बन्धी अपराध न्यूनीकरणमा चुनौती देखिएको प्रहरी उपरीक्षक वलीले बताए ।

प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा दुई सय ७० हिंसाका निवेदन प्रहरी कार्यालयमा आएका थिए भने आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या चार सय ३१ पुगेको थियो । चालु आर्थिक वर्ष २०७९–०८० को हालसम्म प्रहरी कार्यालयमा हिंसाकोे उजुरी संख्या चार सय २० पुगिसकेको छ । विद्यमान कानूनको अज्ञानता, झुट्ठा निवेदन दिने प्रचलन पनि बढेको उनले बताए । समुदाय, नागरिक र प्रहरीको संयुक्त प्रयासबाट समाजलाई अपराधमुक्त गर्न सकिने हुँदा सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाई छ ।

आर्थिक वर्ष २०७७–०७८ मा दाङ प्रहरीमा एक सय ४१ घरेलु हिंसाका घटनाका निवेदन परे भने आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या एक सय २९ थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७४ वटा घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीसम्म पुगेका छन् ।

चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी लैंगिक हिंसाका घटना प्रहरी कार्यालयमा दर्र्ता भएको छ । लैंगिक हिंसाका ४ सय २० वटा रहेको छ । यसपछि बलात्कार सम्बन्धी घटना रहेको छ । समाजमा मौलाउँदो अपराधले महिलाहरु सुरक्षित छैनन् भन्ने स्पष्ट संकेत देखाएको छ । प्रहरी कार्यालयको तथ्यांक अनुसार, यो आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना भएका छन् । बलात्कार प्रयासका १०, बाल यौन दुरुपयोगका ६ वटा घटना दर्ता भएको छ । पछिल्लो ३ वर्षको अन्तरालको अवस्था नियाल्दा वर्षेनी बलात्कारका घटना बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७७–०७८ मा ८१ वटा बलात्कारका घटना भएकोमा आर्थिक वर्ष २०७८–०७९ मा ८३ वटा र चालु आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना हुनुले समाजमा यसको प्रभाव डरलाग्दो देखिएको छ ।

यसैगरी, हिंसापीडितहरुलाई उपचार, मनोपरामर्शलगायतका सेवा दिइरहेको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले घोराहीमा पनि पछिल्लो समय बलात्कारका ४७, यौन दुव्र्यवहारका १३ र शारीरिक दुव्र्यवहारका ५८, बालविवाह तथा जबर्जस्ती विवाहका १२, स्रोत साधन र अधिकारबाट बञ्चित भएका चार, मानसिक दुव्र्यवहारका ३१ र अन्य दुई गरी एक सय ६७ जनालाई सेवा दिएको ओसिएमसी संयोजक डा. विभूति शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?