© २०२३
काठमाडौँ ।
अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ। मौसम विज्ञान केन्द्र, जयपुरले ६.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ। भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको छ।
दिल्ली, राजस्थान र जम्मू कश्मीरमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पश्चिमी यूपीका धेरै जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
जयपुर, सिकर, करौलीलगायत राजस्थानका धेरै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।
पाकिस्तानको मौसम विभागले पनि भूकम्प गएको पुष्टि गरेको छ। पाकिस्तानको मौसम विभागले भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको जनाएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तानको जुर्ममा गएको भूकम्पको म्याग्निच्युड ६ दशमलव ५ मापन गरिएको छ।
इन्टरनेशनल ह्युमन राइट्स फाउन्डेसनले भूकम्पका बेला शान्त रहन आग्रह गरेको छ। बीबीसी
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी