© २०२३
सल्यान, ७ चैत ।
सल्यानको एक किराना पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ४ भण्डारखोला स्थित शंकर रानाको एक तले कच्ची घरमा रहेको किराना पसलमा सोमबार राति आगलागी हुँदा पाँच जना घाइते भएका हुन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर छ ।
आगलागीमा परेर पसलमा बसिरहेका पसल संचालक २४ वर्षीय शंकर राना, सोही ठाउँका २६ वर्षका यज्ञ राना, २१ वर्षका जीवन राना, २० वर्षका संजीव शाह र १८ वर्षका क्षेत्रमणी राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जलेर घाइते भएकाहरुलाइ एम्बुलेन्स मार्फत रुकुम पश्चिम लगिएकोमा थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको थियो । घाइते मध्ये गम्भीर चार जनालाई उपचारका लागि भारत पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर चारजनालाई नर्सिङहोम नेपालगंज बांकेमा उपचार पश्चात थप उपचारका लागि भारतको लखनउ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । उनीहरुको शरिरको सम्पुर्ण भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्येका एकजना क्षेत्रमणीलाई भने नर्सिङहोम नेपालगञ्ज बाँकेबाट डिस्चार्ज गरिएको छ । आगलागीबाट किराना पसलको सामान जलेर नष्ट भएका छन् । पसलमा आगलागी कसरी भयो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी