© २०२३
बुटवल, ६ चैत ।
नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीले नवराज दिलिप स्मृती दिवसका अवसरमा रक्तदान गरेको छ । सोमबार हेभी इक्वीपमेन्ट डिभिजन कार्यालय बुटवलको परिसरमा भएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको कार्यक्रम उपसमिति सदस्य गुणाखर पाणडेले जनाकारी दिए ।
रक्तदान प्रारम्भ गर्दै नेपाल निजामती कर्मचारी संगठनका लुम्बनी प्रदेश इन्चार्ज दधिराम मरासिनीले निजामती कर्मचारीले समाजिक सेवालाई नै जीवनको अभिन्न अंग बनाईरहेको स्मरण गरे ।
संगठनका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज नारायण भण्डारीले कर्मचारीहरू समाजिक उत्तरदायित्व बोध गरी काम गरिरहेको बताए ।
त्यस अवसरमा संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालले नवराज दिलिप स्मृति दिवसका अवसरमा संगठनले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको भन्दै मानवीय कार्यमा सबैको सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रममा उपसमिति संयोजक मालती देवि पौडेल, जीवन पौडेललगायतले पनि रक्तदानको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा निजामती कर्मचारी, नियमित रक्तदाता तथा सर्वसाधारणहरूले रक्तदान गरेका थिए ।