ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाल्ही क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानलै विजयी

५ चैत्र २०७९, आईतवार
५ चैत्र २०७९, आईतवार

पश्चिम नवलपरासी, ५ चैत ।

पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघको पुरै प्यानल विजयी भएको छ । प्रत्यक्षतर्फ जनमत विद्यार्थी संघले कब्जा जमाएको हो भने समानुपातिक तर्फ पनि धेरै मत ल्याउन सफल भएको छ । स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मि २८ मतअन्तरले विजयी भएका छन् । कुर्मिले १ सय २८ मत ल्याउदा निकटतम प्रतिद्धन्दी अनेरास्ववियु सहितको संयुक्त प्यानलका कृष्ण पटेलले १ सय मत पाए । त्यस्तै नेविसंघका सुनिल कुमार गौडले अध्यक्षमा जम्मा ९८ मत पाएका छन् ।

यसैगरी सचिवमा पनि जनमत विद्यार्थी संघका प्रेम सागर यादव १ सय ४५ मत ल्याएर विजयी भए । सचिवमा नेविसंघका शिव प्रसाद हजामले ९६ र अनेरास्ववियुको संयुक्त प्यानलकी रामाकान्ती थारुले ७९ मत पाइन् । कोषाध्यक्षमा जनमत विद्यार्थी संघका सितु कुमारी पटेल १ सय ३० मत ल्याएर विजयी हुँदा नेविसंघका प्रतिमा यादव र संयुक्त प्यानलका प्रविन कुमार हरिजनले समान ९७ मत ल्याएर पराजित भए ।

यस्तै सदस्यहरुमा पनि जनमत विद्यार्थी संघका सबै विजयी भएका छन् । प्रत्यक्षतर्फ सदस्यमा सामलाल लोनिया, अमित कुमार सहानी, सदानन्द कुमार नाउ, जवाहिर गुप्ता र शिवसागर गिरी विजयी भएका छन् । यसैगरी समानुपातिक प्रणाली अन्तर्गत जनमतले सबैभन्दा बढी १ सय ४७ मत पाएको छ । नेविसंघले १ सय २ मत पाउँदा अनेरास्वियु सहितको संयुक्त प्यानलले जम्मा ७९ मत प्राप्त गरेका छन् । समानुपातिकको सात सदस्य मध्ये जनमतले ३, नेविसंघ र अनेरास्ववियु प्यानलले २÷२ सदस्य पाएका छन् । पाल्ही क्याम्पसमा कुल ३ सय २९ मत खसेको थियो । जसमध्ये ९४ छात्र र २ सय ३५ छात्रा रहेको निर्वाचन संयोजक सुर्यनाथ दास पटेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?