© २०२३
दाङ,४ चैत ।
दाङमा नेकपा एसका जिल्ला तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एस दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र दाङ जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहित चौधरी मन्त्री हुँदा बनेका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायतले पार्टी छोडेको घोषणा गरेका छन्।् ।
जिल्ला अध्यक्ष बेलवासेले पार्टीको हितविपरीत काम गरेको भन्दै मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी फेसबुकमा पोष्ट गरेका थिए । प्रतिनिधिसभा सदस्य चौधरी र जिल्ला अध्यक्ष बेल्वासेप्रति सजग रहन अनुरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेर पार्टी छोडेको घोषणा गरिएको छ ।
यसरी पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् ।