© २०२३
चन्द्रौटा (कपिलवस्तु), ४ चैत ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले अवैध कुखुरा नष्ट गरेको छ । भारतबाट जिल्लाको विजयनगर गाउँपालिकाको जवाबैराठ नाका हुँदै नेपाल भित्र्याउँदै गरेका कुखुरा नियन्त्रणमा लिइ शुक्रबार नष्ट गरिएको हो ।
७० कुखुरा करिब ५२ हजार ५ सय रूपैया रकम बराबर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले बताए । उनका अनुसार कुखुरा भारतबाट भन्सार छलि गरि अवैध रुपमा पैठारी गरी ल्याइएको छ ।
विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । अवैध चल्ला नियन्त्रणमा लिइ स्थानीय व्यक्तित्व सञ्चारकर्मी लगायतको रोहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । सो बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम