ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

आम्दा र भिम अस्पतालमा आईसियु बेड हस्तान्तरण

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

बुटवल, १ चैत ।

निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आईसियु बेड हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानको तर्फबाट बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) का नेता डा. लीलामणि पोख्रेलले बुटवल र भैरहवामा बुधबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी बुटवलको आम्दा अस्पताल १२ र भैरहवाको भिम अस्पतालमा १० गरी २२ थान आईसियु बेड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष रहेका माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताएका छन् ।

त्यस्तै प्रतिष्ठानका उपाध्यक्ष निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफ्नो छोरा डा. बिप्लपमणि पोख्रेलको पहलकदमीमा चिनियाँहरुको सहयोगमा बेड ल्याएको बताईन् उनले बास्तविक भुई मान्छेहरुले जीवनस्तर र स्वास्थ्यलाई सुधार ल्याउन प्रतिष्ठान सधै प्रतिबद्ध रहने बताईन् ।

त्यस्तै, आम्दा अस्पतालका पूर्व निर्देशक डा. विनोद पराजुलीले विभिन्न सामाजिक संस्थाहरुको सहयोगबाट नै स्वास्थ्य क्षेत्रमा धेरै स्तरोन्नती भएको बताउँदै मानवीय स्वास्थ्यमा राम्रो सेवा प्रवाह गरेकोमा उच्च मूल्यांकन स्वरुप प्रतिष्ठानले आम्दा अस्पताल रोजेकोमा धन्यवाद सहित खुसी व्यक्त गरे । अस्पतालका मेसु राजेन्द्र बस्यालले अन्य अस्पतालको तुलनामा आम्दा अस्पतालले न्यूनतम चार्जमा सेवा प्रवाह गरेको बताउँदै प्रतिष्ठानले दिएका बेड तत्काल सञ्चालनमा ल्याउने बताए ।

कार्यक्रममा आम्दा अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, प्रतिष्ठानका केन्द्रीय सचिव तथा पूर्वराज्य मन्त्री हक्कि कुल्ला खाँ, अस्पतालका मेसु राजेन्द्र बस्याल र प्रतिष्ठान रुपन्देही शाखाका अध्यक्ष गंगालाल प्रधान लगायत अस्पतालका कर्मचारीहरु र प्रतिष्ठान रुपन्देही शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?