ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली
कृषि

कृषि यन्त्रको प्रयोगले खेती गर्न सहज

बिगतका समयमा कृषि कार्य गर्दा मजदुरको सहयोग लिंदा धेरै खर्च हुन्थ्यो, अहिले कम खर्चमा काम हुने चौधरी बताउँछन् । कम लागतमा कृषिको उत्पादन लिन सकिने भएको छ । समयको सदुपयोगको साथै खर्च पनि कम हुने भएको छ । अझ अव धान रोप्ने यन्त्र पनि सरकारले दिए त झनै सजिलो हुने उनको अपेक्षा छ ।
१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

दाङ, १ चैत ।

घोराही उपमहानगरपालिका १३ का रामु चौधरीले पुखौं देखि खेत जोत्न प्रयोग हँुदै आएको गोरुले जोत्न छोडेका छन् । उनले जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गरेका छन् । रामुले कम श्रममा एकै पटक धेरै खेत जोत्न सकिने भए पछि गोरु ब्ोचेर पावर टेलर खरिद गरेको बताए । गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने कार्यका लागि खट्नु पथ्र्यो । उनी अगाडि थप्छन्, “पावर टिलर खरिद गरेपछि गोरुलाई जस्तो स्याहार सुसार गर्नु परेको छैन, मानिसको काम आधा घटेको छ । गोरुलाई दाना पानी, घाँसपात गर्ने छुट्टै समय चाहिन्थ्यो त्यो पनि कम भएको छ । गोरुको स्याहार गर्ने मान्छेले खेतीमा समय दिन पाइएको छ । गोरुले एक विघा खेत जोत्न कम्तीमा चार दिन लाग्थ्यो । पावर टेलरको प्रयोग गर्न थाले पछि चार दिनको काम एक घण्टा मै पुरा हुन थालेको छ ।”

खेतबारी जोत्नदेखि तरकारी खेतीका लागि बारी तयार गर्ने, रोपाईका लागि खेत तयार गर्ने काम सजिलो भएको छ । कृषि यन्त्रको सहयोगले कृषि कार्य छिटो छरितो हुनुका साथै समयको समेत बचत भएको उनी बताउँछन् । कृषि उत्पादनमा समेत विगतको तुलनामा दोव्वरले बृद्धि भएको छ । पावर टिलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ । गोरुले जोतेको भन्दा राम्रोसंग माटो जोतिने भएकाले रोपाई गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ । आफ्नो एक विघा जमिन जोतेर सकियो भने अरुको खेत जोतेर आम्दानी पनि हुने गरेको छ । एक घण्टा खेत जोतेको नौ सय रुपैयाँ लिने गरेको उनी बताउँछन् ।

घोराही –६ निवासी चरण चौधरीले बिगत ३ वर्ष देखि पावर टेलरले खेत जोतिरहेका छन् । उनले जोत्ने गरेको पावर टिलर घोराही उपमहानगरको कृषि शाखाले अनुदानमा दिएको हो । “पावरटेलरले जोतेको माटो मसिनो र एकनासले जोतिने भएकाले रोप्ने रोपारालाई सजिलो हुन्छ, मेलो सर्छ”, उनले भने, “उत्पादन पनि धेरै हुन्छ, धान, मकै र गहुँ लगायतका बाली भित्र्याउँदा बिगतमा जनशक्ति परिचालन गरी बालि भित्र्याउनु पथ्र्यो ।” गोरुको सहायताले दाई गनुपर्ने हुन्थ्यो खेतबाट आँगनमा ल्याउन र खेतबाट आँगनमा ल्याएको बाली घरमा भित्र्याउनका लागि एक महिना कुर्नु पथ्र्यो । खेतमै पावर टिलर, ट्रयाक्टरमा ट्राली जोडेर अाँगनसम्म बाली ल्याउन सजिलो भएको छ । यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको उनको भनाई छ ।

बिगतका समयमा कृषि कार्य गर्दा मजदुरको सहयोग लिंदा धेरै खर्च हुन्थ्यो, अहिले कम खर्चमा काम हुने चौधरी बताउँछन् । कम लागतमा कृषिको उत्पादन लिन सकिने भएको छ । समयको सदुपयोगको साथै खर्च पनि कम हुने भएको छ । अझ अव धान रोप्ने यन्त्र पनि सरकारले दिए त झनै सजिलो हुने उनको अपेक्षा छ ।

घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खानालले आधुनिक कृषियन्त्र तथा औजार किसानको मागको आधारमा प्रत्येक वर्ष वितरण गर्ने गरेको बताए । कृषियन्त्र र औजारको प्रयोगले किसानहरुलाई खेतीमा आकर्षण गरेको छ । निर्वाहमुखी खेती गरिरहेका किसान व्यावसायिक रुपले अघि बढेका छन् ।

सरकारले कृषिको उत्पादकत्व बढाई कृषि उत्पादनको लागत खर्च कटौती गर्नका लागि यन्त्रको मूल्य अनुसार ५० देखि ६० प्रतिशत अनुदानमा कृषियन्त्र उपलब्ध गराउने गरेको उनले बताए । साना सिँचाइका यन्त्र, पलाष्टिक टनेल, कृषि यन्त्र आदि पालिकाका १९ वटै वडाका किसानको मागको आधारमा पालैपालो सहयोग गर्दै आएको उनले बताए ।

किसानले कृषियन्त्रको प्रयोगलाई प्राथमिकतादिन थालेका छन् । साना किसानले पावरटीलर र धेरै खेती गर्ने किसानले ठूलो टेक्टर अनुदानमा प्रदेश सरकारले बिगतका वर्षमा उपलब्ध गराएको थियो । कृषिमा बढ्दो व्यवसायीकरणका कारण समेत आधुनिक कृषियन्त्रको प्रयोग हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?