© २०२३
सल्यान, ३० फागुन ।
सिकारको लागि जंगलमा गएको बेला भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको बन्दुकको गोलि लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढाको जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा गोलि लागेर घाइते भएका चित्र बहादुर घाइते भएका थिए । घाइते चित्र बहदुरको उपचारका लागि सुर्खेत लिदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घटना पछि फरार रहेका आइतेलाइ प्रहरिले पक्राउ गरेको छ । स्वारा ज्युलामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउमा परेका उनलालाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको र कानुनी प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी खनालले बताए । बन्दुक पड्किँदा चित्र बहादुरको पेट र घाँटीमा गोली लागेको थियो । आइतेले बोकेको भरुवा बन्दुक भने अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी