Butwal Today

सूर्यज्योतिले ग-यो मृत्यु दावीबापत १४ लाख हस्तान्तरण

२९ फाल्गुन २०७९, सोमबार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु), २९ फागुन ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रौटा शाखाले राहुल तेलीको मृत्युु दाबी भुक्तानी गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–७, बालानगर घर भएका तेलीलाई आइतबार १४ लाख रकम बराबरको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको शाखा प्रवन्धक युवराज अधिकारीले बताए ।

मृतक तेली केही समय पहिले वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएका थिए । रोजगारीको शिलशिलामा गएका उनी कोठमा अचानक मृत्यु भएको जनाइएको छ ।

अरेबिया जानबेला २०७९ साउन २० गते मृतक तेलीले (म्यादी) जीवन बीमा गरेको इन्स्योरेन्स कम्पनीले जनाएको छ । शिवराजका मेयर अजय थापा, ७ नम्बरका वडाध्यक्ष अनुप कुमार चौधरी र शाखा प्रबन्धक पौडेलले मृतक परिवारलाई संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए ।

मेयर थापाले जीवन बिमा अपरिहार्य रहेको बताउँदै हरेक नागरिकले बिमा गर्न जरुरी रहेको जनाए । छिटोछरितो र भरपर्दो जीवन बिमाका लागि सूर्यज्योति लाइफ अत्यन्तै महत्वपूर्ण रहेको जनाए । बिमा सुख दुःखको सहारम बनेको जिकिर गर्दै जीवन नरहँदा समेत परिवारलाई राहत मिलेको प्रशंसा उनले गरे ।

यस्तै वैदेशिक रोजगार बोर्डबाट शिवराज नगरपालिका अन्तर्गत रहेको सामी कार्यक्रमको पहलमा मृतक परिवारलाई ७ लाख रकम बराबरको चेक समेत हस्तान्तरण भएको सामी कार्यक्रमकी मनोसामाजिक सहजकर्ता चन्दा पोख्रेलले जानकारी दिइन् ।