ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

पत्रकार टिआर शर्मा र भगवति पाण्डेले गरे चौतारीको कोषमा सहयोग घोषणा

२८ फाल्गुन २०७९, आईतवार
२८ फाल्गुन २०७९, आईतवार

बुटवल, २८ फागुन ।

प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संगठनका केन्द्रीय सदस्य टिआर शर्मा र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले सहयोगको घोषणा गरेका छन् ।

प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूर्ण बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी कोषका लागि २५ हजार ५५५ रुपियाँ सहयोग गर्ने घोषणा गरेका हुन् । पत्रकारहरुको हितका चौतारी रुपन्देहीले निकै सह्रानीय काम गरेको भन्दै उनले यसमा आफ्नो पनि योगदान रहने भन्दै उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै संगठनकी जिल्ला उपाध्यक्ष भगवति पाण्डेले आफूले यसअघि ५ हजार रुपियाँ कोषमा सहयोग गरेकोमा आइतबार आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा १५ हजार पु¥याउने घोषणा गरिन् ।

बैठकले प्रेस चौतारी नेपाल रुपन्देहीको साधारणसभा आगामी चैत १५ गतेभित्र गर्ने, त्यसअगाडि नै विभिन्न पालिकामा पालिका कमिटी बनाउने र एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत प्रेस चौतारीका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले कल्याणकारी कोष सञ्चालन निर्देशिकालाई अनुमोदन गर्दै यसको सञ्चालनका लागि संगठन रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसी संयोजक रहेको पाँच सदस्यीय कोष सञ्चालक समिति समेत गठन गरेको छ । समितिको सदस्य सचिवमा संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल रहेका छन् भने सदस्यहरुमा संगठनका निवर्तमान अध्यक्ष अमृत गिरी, उपाध्यक्ष भगवति पाण्डे र कोषाध्यक्ष दिनेश श्रेष्ठ रहेका छन् ।

बैठकलाई संबोधन गर्दै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश विभागका इन्चार्ज मोहन चापागाईंले संगठनलाई चुस्त, दुरुस्त र बलियो बनाउने गरी अघि बढ्न र पत्रकारहरुलाई क्रियाशिल बनाउने गरी योजनाका साथ लाग्न आग्रह गरे ।

बैठकमा प्रेस चौतारी नेपाल रुपन्देहीका पुर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी, दिनेश पाण्डे, संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अमृत गिरी, केन्द्रीय सदस्य टिआर शर्मा, सल्लाहकार ईन्दिरा अर्याल, संगठनका रुपन्देही सचिव केशव भण्डारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?