ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली

खोजमुलक समाचारले पत्रकारिता निरन्तर रहन्छ

२८ फाल्गुन २०७९, आईतवार
२८ फाल्गुन २०७९, आईतवार

दाङ, २८ फागुन ।

पत्रकारहरुले खोजमूलक समाचार लेख्न सकेमा पेसामा निरन्तरता दिन सकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तरिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा शनिबारदेखि घोराहीमा भएको कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् ।

पत्रकार महिलाहरु क्षमता विकासको लागि खोजमुलक समाचार लेखन तालिम दाङको घोराही शुरु भएको छ । सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । पत्रकार महिलाहरु पछिल्लो समय पारिवारिक कारण तथा सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउँदा पेशाबाट पलायन हुने तितो यथार्थ रहेकाले खोजी समाचारले पेसामा टिकिरहन सकिने बताइन् । उनले सञ्चारिका समुहले लेख्ने पत्रकार महिलाहरुको लागि अवसर सिर्जना समेत गरिदिएको बताइन् ।

सञ्चारिका समुहले दाङमा आयोजना गरेको खोज पत्रकारिता तालिममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारिताका विविध विषयमा प्रशिक्षण दिएका थिए । उनले स्थानीय तहमा भएका समाचार विषयको बारेमा जानकारी गराएका थिए । समाचार लेख्नु पूर्व विषयक छनोट गर्नुपर्ने, अध्ययन गर्नुपर्ने र समाचार पढ्ने बानीको बिकास गर्नुपर्ने बताए । अध्ययन बिनाको लेखाइ उत्कृष्ट नहुने भएकाले यतातिर ध्यान दिन उनले आग्रह गरे । खोजमूलक विषयवस्तुमा रहेर समाचार संकलन गरेमा पाठक र स्रोताको रुचिको विषय हुने उनले बताए ।

कार्यक्रममा सञ्चारिका समूहका लुम्बिनी प्रदेश सल्लाहकार नारायणी रजौरेले स्थानीय तहमा खोजी गर्न सकिने समाचारका विषयका वारेमा जानकारी गराएकी थिइन् । उनले एकपटक लेखेको समाचारको फलोअप पनि गर्नु पर्ने बताइन् । पत्रकार महिलालाई चुनौती भएपनि आवसर रहेको उनले बताइन् ।

पत्रकारिता क्षेत्रमा महिलाहरुको क्षमता विकास र लेखनमा अभिवृद्धि गराउने सो खोजमुलक तालिममा दाङ, रोल्पा र प्युठानका २५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?