© २०२३
चन्द्रौटा(कपिलवस्तु), २६ फागुन ।
राष्ट्रिय भू मिअधिकार मञ्च शिवराजले चन्द्रौटामा ¥याली गरेको छ । अधिकार मञ्च शिवराज नगर कमिटीको आयोजनामा जिल्लाको चन्द्रौटामा शुक्रबार ¥याली गरिएको हो ।
“सुरक्षित बास सबैलाई, खेतीयोग्य जमिन किसानलाई“ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ । सुकुम्बासी लगायत अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्ने, स्थानीय सरकारले भूमिहिनलाई भूमि दे भन्छ भन्ने जस्ता सहभागीले नाराबाजी गरेका थिए । ¥याली चन्द्रौटा बजार परिक्रमा गरी नगरपालिकाको अगाडि पुगी कोणसभामा परिणत भएको जनाइएको छ ।
अधिकार मञ्चका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले सबैको सम्मनपूर्वक बाच्ने अधिकार रहेको बताए । पछिल्लो समय सुकुम्बासीको पिडा हरेक निर्वाचनमा उम्मेदवारको चुनावी एजेन्डा मात्रै बनेको आरोप लगाउँदै भूमि अधिकारका लागि लालपुर्जा दिनुको विकल्प नरहेको उनले जिकिर गरे ।
उनले भने, “चुनावको बेला स्थानीय जनप्रतिनिधिले लालीपप मात्रै देखाएका छन ।” लामिछानेले थपे ः “यदि सुकुम्बासीको काम गर्न कहीं कसैले वा कुनै राजनीतिक दलका जनप्रतिनिधिले रोकेका छन् भने तिनीहरुलाई ठेगान लगाउने छौँ ।” नगरपालिकामा आवाज उठाउँदा सम्बन्धित शाखाका कर्मचारीले आफूले काम गर्दा फाइल हेर्न नसकेको अध्यक्ष लामिछानेले बताए । जनशक्ति नभएकाले एकलै कर्मचारीले सबै काम गर्न नसकेको उनको भनाइ छ ।
यता नगर प्रमुख अजय थापाले मञ्चको ज्ञापनपत्र ग्रहण गर्दै सुकुम्बासी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । आफूलाई यसबारे जानकारी भएपनि आन्तरिक समस्याले काम गर्न नसकेको उनले स्विकार गरे ।