© 2026
बुटवल, २६ फागुन ।
प्रेस सेन्टर रुपन्देहीमा विष्णु पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा पविता पौडेल, अम्बिका परियार, सचिवमा रमेश गैरे, सहसचिवमा प्रकाश पाण्डेय, निर्मल थापा, सञ्जय लामा, कोषाध्यक्षमा पशुपति यादव रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिपक कलवार, जगलाल नेपाली, सुनिता चुदाली, अन्जना चौहान, जितेन्द्र चौधरी, सुमित्रा तरामु, दिनेशप्रसाद लोध, नेत्र रुचाल लगायत रहेका छन् ।
प्रेस सेन्टर रुपन्देहीको अधिवेशनमा बोल्दै नेकपा माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारको भूमिका खबरदारी गर्ने भएकाले सही र निष्पक्ष समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिए । उनले देशको राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले पनि सही समाचारको महत्व धेरै हुने बताए ।
कार्यक्रममा नेकपा माओवादी रुपन्देहीमा संयोजक निर्मल जिसी, पत्रकार महासंघ रुपन्देहीका सल्लाकार यानेन्द्र जिसी, प्रेस सेन्टर रुपन्देहीका ईन्चार्ज रुद्रहरी कँुवर, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य भुवन कार्की निवर्तमान अध्यक्ष कमल रायमाझी लगायतले बोलेका थिए ।