© २०२३
सन्धीखर्क, २४ फागुन ।
लुम्बिनी प्रदेश सरकारका खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यको घरमा मंगलवार राती तोडफोड गरी चोरी भएको छ ।
सन्धिखर्क नगरपालिका हटारीमा रहेको घरमा मंगलवार राती तोडफोड गरी चोरी भएको प्रहरीले जानकारी दिएको छ । दाङको देउखुरीमा बस्ने मन्त्री आचार्य राष्ट्रपति चुनावका लागि काठमाडौं गएको र घरमा बस्ने श्रीमति दीपासमेत काठमाडौं गएको समयमा कोही नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ । घरमा रहेका सम्पूर्ण कोठाहरुको ताल्चा फुटाएर चोरी गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । आचार्य दम्पती काठमाडौं भएकोले नआउँदासम्म के कति सामान चोरी भएको हो यकिन नभएको प्रहरी नायव उपरीक्षक रिजालको भनाई छ ।
प्रहरीका अनुसार घरका सबै कोठाका ताला फोडेको देखिन्छ । अहिले प्रहरीले घरलाई सुरक्षा दिएको छ । मन्त्री आएपछि के कति सामान चोरी भएको हो भन्नेबारे विवरण संकलन गरिने रिजालले बताए ।
महिना दिनअघि पनि मन्त्री आचार्यको घरका चोरी भएको थियोे । त्यतिबेला धेरै क्षति भने भएको थिएन । चोरी भएको घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए । चोरीको घटनाका कारण वरिपरीका बासिन्दाले असुरक्षित महसुस गरिरहेको बताएका छन् ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री आचार्यले बिहीबार हुने राष्ट्रपति चुनावमा भाग लिएपछि घरमा फर्किने बताएका छन् । आचार्य एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्लाका सह–इन्चार्ज समेत रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी