ट्रेंडिंग:

>> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

नेवाः पुचः को सामूहिक होली मिलन

२२ फाल्गुन २०७९, सोमबार
२२ फाल्गुन २०७९, सोमबार

बुटवल, २२ फागुन ।

श्री नेवाः पुचः (नेवा समाज विकास परिषद) को आयोजनामा सामूहिक होली मिलन कार्यक्रम मनाईएको छ । रुपन्देहीमा रहेका नेवार समुदायका संघसंस्थाहरुको संयुक्त सहभागितामा प्रतिनिधिमुलक होली मिलन कार्यक्रम मनाइएको हो ।

फागु पुर्णिमाको महत्वलाई जोगाउने गरी नेवार समुदायबीच कार्यक्रम गर्दै आएको पुचका अध्यक्ष काजीमान श्रेष्ठले बताए । ‘परम्परासंगै एकआपसमा सद्भाव र सम्मान बढ्छ’–उनले भने । नया पुस्तालाई नेवा संस्कृति र संस्कारको पहिचानसंगै जगेर्ना र संरक्षणमा कार्यक्रमहरु उपलब्धि मुलक भएको उनले बताए । मानव संस्कार र वातावरणसंग जोडिएका विभिन्न पर्वहरुलाई वर्षभरि विगतबाट नै निरन्तर मनाउदै आएको उनले दाबी गरे । दाताहरुको सहयोग र सद्भावका कारण संस्थागत विकास गर्न सफल भएको भन्दै पछिल्लो समय पुचमा ८ सय भन्दा बढीले सदस्यता लिईसकेको बताए । नेवा पुचको किरियापुत्री भवन सबैको साझा भएको हुँदा यसमा सबैको साथ र सहयोग निरन्तर जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थानीय सरकार सबै जाति, धर्म, लिंग र परम्पराको जगेर्ना गर्ने गरी वार्षिक योजना बनाएको बताए । आदीबासीहरुलाई र अन्य ११ जातिहरुलाई समेटेर वार्षिक बजेट छुट्टाएको उनले बताए । नेवार समुदायहरु नगरमा तेस्रो बढी जनसंख्या भएका समुदायमा पर्ने उनले बताए । जातिय पहिचान, भाषिक संरक्षण, भेषभुषाको विषयसंगै समग्र नगरको समृद्धिमा ध्यान दिनुपर्ने उनले सुझाव दिए । समृद्ध बुटवल, सबल आर्थिक केन्द्र बनाउने अभियानमा सबै जाति, धर्म र समुदायको सहयोग जरुरी रहेको उनले बताए । यसका लागि सबैको सल्लाह र सुझावलाई समेटेर आफू अगाडि बढ्ने प्रतिवद्घता जनाए । कार्यक्रममा सहभागीहरुले फागुन संस्कृतिका नेवारी गान समेत गाएका थिए ।

निवर्तमान अध्यक्ष ज्ञानु लिगलले कृष्ण मन्दिरमा होली पर्व मनाउने प्रचलन शुरुवात गरेको स्मरण गर्दै यसको निरन्तरता महत्वपूर्ण भएको बताईन् । आगामी दिनमा सबै नेवार समुदायका परिवारहरु समेत समेटेर भब्य कार्यक्रम बढ्न सुझाव दिईन् ।

कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, वडा नं. ९ का प्रदिप श्रेष्ठ, समाजसेवी चिरञ्जीवी जोशी, सचिव लक्ष्मी श्रेष्ठ, सहसचिव मोतिप्रसाद श्रेष्ठले होलीको महत्वलाइ प्रकाश पार्दै यसलाई सोही अनुसार भब्य र सब्य रुममा मनाउनुपर्ने सुझाव लिए । कचको भवन निर्माणका लागि श्रीमती जमुना प्रधान, छोराहरु नवीन प्रधान र प्रविण प्रधानले १ लाख २५ हजार रुपैया रकम सहयोग हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?