© २०२३
बुटवल, २२ फागुन ।
कालिका मानवज्ञान मावि बुटवलले विविध कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा महिलाका समसामयिक मुद्दा र आन्दोलनको औचित्यको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै शिक्षक तथा रेडियो लुम्बिनीका स्टेशन म्यानेजर मिनाक्षी न्यौपानेले महिला आन्दोलन पुरुष विरुद्धको आन्दोलन नभई महिला र पुरुषको सहयात्राको अभियान भएको बताईन् । उनले पितृसत्तात्मक ब्यवस्थाले महिलाहरुलाई मात्र नभइ पुरुषहरु पनि आर्थिक, सामाजिक बोझ बोक्न बाध्य भएको बताइन् । त्यसैगरी अधिवक्ता ज्ञानु केसिले नेपालमा महिला सम्बन्धी कानूनी ब्यवस्थाको चर्चा गरेकी थिइन् । कार्यक्रममा शिक्षकहरु शर्मिला पान्डे र सबिना अर्यालले कविता वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिकालाई महिला शिक्षक र छात्रामैत्री विद्यालय बनाउन आवश्यक सेवा र सुविधाहरू वृद्धि गर्न कुनै कुराको कमी हुन नदिने बताए । शिक्षक राधा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक लोकराज घिमिरे, बिष्णुहरि ज्ञवाली, इन्चार्ज मिरा पाण्डे, निशा ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।