ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली
करहिया सामुदायिक वनभित्र दर्जनौ मृत चौपाया

विद्युतीय धरापमा चौपाया

२२ फाल्गुन २०७९, सोमबार
२२ फाल्गुन २०७९, सोमबार

बुटवल, २१ फागुन ।

छाडाचौपाया रोकथामको प्रचारमुखी अभियान थालेको बेला रुपन्देहीकै सामुदायिक वन क्षेत्रमा विद्युतीय धरापमा परेर धेरै छाडाचौपाया मर्ने क्रम बढेको छ । तिलोत्तमा नगरपालिकाको करहिया सामुदायिक बन क्षेत्रभित्र विद्युतीय धरापमा परेर मृत्यु भएका दर्जनौ गाईका हाडखोर र लासहरु भेटिन्छन् । दुई रुखका बीचमा मसिना तारहरु राखेर वन्यजन्तु मार्ने पासोहरु बनभरी छन् । यसैमा परेर मरेका गाईहरु सडेका छन, दुर्गन्ध आइरहेका छन तर त्यसबारे सरोकारवालाहरु अनभिज्ञ छन ।

तिलोत्तमा नगरपालिका वडा नं. ८ स्थित करहिया सामुदायिक वन उपभोक्ता समूहको फोहोर प्रशोधन तथा ज्ञान केन्द्रको सेरोफेरोमा मरेका गाईका दुर्गन्ध छन् । खानाको खोजीमा हिंडेका छाडाचौपाया वन क्षेत्रमा बँदेल मार्न प्रयोग भएको विद्युतीय धरापमा परेर मरेको हुनसक्ने स्थानीय युवा आतिश चौधरी बताउँछन् ।

तिलोत्तमा नगरपालिका, युएनडिपीको सहयोगमा संचालन भएको फोहोर प्रशोधन तथा ज्ञान केन्द्र वरपरको चारैतिर गाईहरु मर्दा समेत कुनै निकायहरु चासो नलिएको उनले दुःखेसो गरे । ‘वन क्षेत्रभरि सिनो मात्र छ’–उनले भने । वन पैदावार र वन्यजन्तुको संरक्षणको जिम्मेवारी बोकेका सामुदायिक वनभित्र विद्युतीय धराप राख्ने अपराधमा संलग्नको खोजी गरी कारवाही हुनुपर्ने उनी बताउँछन् । ‘विद्युतीय धरापमा परी दर्जनौ गाईहरु मर्दा पनि सरोवारवालाहरु चासो दिदैनन’–उनले गुनासो गरे ।

शहरी क्षेत्रमा रहेका छाडा चौपाया ब्यवस्थापनको नाममा रुपन्देहीमा सरकारीस्तरमा लाखौ रुपैयाँ खर्च गरेर प्रचारमुखी कामहरु भएका छन् । कतिपय स्थानीय सरकार बेवारिसे चौपायाका कारण दैनिक सडक दुर्घटना बढेको भन्दै गौशाला निमार्ण गरी ब्यवस्थापन समेत अघि बढाएका छन् । सरकार र जनप्रतिनिधिहरुको देखिने भन्दा पनि प्रचारमुखी काममा लाग्दा वास्तवमै समस्या समाधान हुन नसकेको उनको तर्क छ ।

यता सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले गुनासो बढेपछि आफुहरु वन क्षेत्रमा अनुगमन गर्ने तयारीमा रहेको बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालयको समन्वयमा वनमा हेर्न जाने तयारी रहेको उनले बताए । वनमा धेरै बँदेल रहेको र सो मार्ने पासो लगाउने क्रममा गाईहरु मरेको हुनसक्ने उनले बताए । गौशाला बाहेक वन क्षेत्रमा ४–५ सय बढी गाईहरु रहेको उनको दाबी छ । ‘हामीहरु समेत संवेदशिल भएका छौ’–उनले भने । मिलन सामुदायिक वनमा केही समय पहिले बँदेंलको धरापमा मानिसको मृत्यु भएको उनले बताए । जंगलमा विद्युत ल्याउने र यस्तो काममा संलग्नहरुलाई छिटोभन्दा छिटो कारवाहीको लागि रातीको समयमा गस्ती र अनुगमनको कामलाई तीब्रता दिने तयारी भएको उनले बताए ।

देवदह नगरपालिकाको कामधेनु गौशालाका संरक्षक योगी सोमराज महाराज शहरी क्षेत्रका छाडा चौपायाहरुको स्वस्थ्यमा धेरै समस्या देखिने बताउँछन् । छाडा चौपायाको संरक्षण अर्को चुनौतीपूर्ण भएको उनले बताए । ‘खाना र पानीको अभाव चौपायालाई छ’–उनले भने । गाईहरु खाना अभावमा प्लास्टिकजन्य खाना खाँदा यसले उनीहरुमा दीर्घकालीन रोगहरु लाग्ने गरेको उनले बताए । राम्रो रेखदेख गरी पालिएको गाईको सरदर आयु २७ वर्ष हुने भएपनि छाडा चौपायाहरुको भने ५ वर्ष भन्दा बढी नहुने उनले बताए । ब्यवस्थित चौपाया पालनलाई जोड दिने र घरबाट सडकमा आउन रोक्ने गरी ३ तहकै सरकारको योजना बनाउनुपर्ने उनको सुझाव छ । करहिया सामुदायिक बन हँुदै बग्ने सुखौरा खोलाको मुहार बुटवलको मुख्य बजार क्षेत्र हो । यो खोला वन क्षेत्रमा पुग्दा पिउन अयोग्य र विषादियुक्त भएको हुन्छ । यो पानीकै कारण धेरै वन्यजन्तुहरुमा रोगको समस्या हुने र मृत्यु भएको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?