© २०२३
पाल्पा- तानसेनको ऐतिहासिक अमरनारायण मन्दिरको पुन निर्माणको क्रममा मापदण्ड मिचिएको स्थानियहरुको गुनासो छ । उक्त मन्दिर युनेस्कोद्धारा विश्व सम्पदा सुचीमा सुचिकृतका लागि प्रस्तावित सम्पदा हो ।
नेपाल सरकारको अनुदानमा प्राप्त १ करोड, ५ लाख , २९ हजार रुपैयाँ छाना छाउने, टायल लगाउने भनिएको मन्दिरमा छाना खस्किएको थियो । पौराणिक काष्ठकलाद्धारा निर्मित टुडाँलहरुमा प्यागोडा शैलीमा मन्दिर निर्माण भएको हो । वि. स. १९९१ सालमा तत्कालीन पाल्पा गौडाका प्रमुख सेनानी काजी अमर सिंह थापाले निर्माण गराएका थिए ।
छाना छाउने, टायल लागउने, र भाँचिएका तथा टुटफुट भएका संरचनाको पुन निर्माणको जिम्मेवारी प्राप्त रत्न निर्माण कम्पनीले काम छिटो सक्ने र काम गर्ने व्यक्तिलाई फरक–फरक व्यक्तिलाई प्रयोग गरेका कारणपुरातात्विक र मौलिकता अनुरुप निर्माण कार्य अगाडि बढ्न नसकेको स्थानीयहरुको भनाई रहेको छ ।
दुईसय भन्दा बढि लामो इतिहास बोकेको मन्दिरमा पित्तलको छाना छाईएको छ । अत्यन्तै विरलै रुपमा देख्न सकिने मन्दिरको बाहिर चारै कोणहरुमा कुदिएको भगवानका मुर्तिहरुका हातहरु गत वर्ष छाना झर्ने क्रममा भाचिए अहिले त्यसको जिर्णोद्धार गर्दा हात जोडन सकिएको छैन । यहाँप्रयोग गर्नभनि ल्याएका पुराना काठहरु निर्माण कम्पनीले प्रयोग नगरी अन्यत्र प्रयोग गरेको, कमजोर काठ प्रयोग गरेको, पातला पाता प्रयोग भएको छाना छाएको आरोप छ । त्यसै गरी पहिले भन्दा अहिले १० देखि २० सेन्टीमिटर छाना भित्र पसेको जस्ता नाड्डा आँखाले पनि देख्दा गल्ती भएको बलिराम सुवाल बताउँछन ।
निर्माण कम्पनीले सामान्यरुपमा काम गरेर ऐतिहासीक धरोहर नै समाप्त पार्न खोजेको देखिन्छ । त्यसमा निर्माण कम्पनीको जति गल्ती र बदनामी स्थानिय र स्थानिय सरकारले समेत गरेका त होइनन् भन्ने प्रश्न उठेको छ । सबैको समान जिम्बेबारी हो । यस्ता सरोकारहरुको सवालमा केही पनि पन्छिन नपाउने र निर्माण कम्पनीलाई पुन काम गराउन पर्ने, काम पुरा नभए सम्म रकम भुक्तानी गराउन नहुने सुर्यबहादुर बोहरा बताउछन ।
ऐतिहासिक कलात्मक काष्ठ कलाहरुमा आधुनिक रंग रोगनले पोत्ने नै होइन ? त्यस्तो कहि कतै पनि देखिदैन त्यसमा तोरीको तेल लगाएर टल्काउने हो तर यहा इनामेल प्रयोग गरियो यो विषयमा पुरातात्विक विभागका कर्मचारीहरु समेत बदमासी देखिन्छ’–उनले भने । स्थानिय बुद्धिराज नेपाल भन्छन्–‘ यो विषयमा पटक पटक आवाज उठाउँदासम्म निर्माण कम्पनीले वास्ता नगरेको कारण नगर पालिकामा उजुरी गरियो तर पछि तर पछि सहमति गरेर काम अगाडि बढायो काम राम्रो नै भएको छैन अब भन्ने ठाउँ नै छैन ।’
निर्माण कम्पनीले गरेको काम स्थानीयले निगरानी राख्नु पर्दछ, स्थानीय सरकारका प्रतिनिधीले अनुगमन गर्न पर्दछ अनि बल्ल निर्माण कम्पनीले भुक्तानी पाउने हो तर यहाँ स्थानीय र स्थानीय सरकारले अनुगमन नै नगरेको निर्माण कम्पनीले आफू खुसीकाम गरेको मन्दिरका पुजारी फणिन्द्र राज लम्साल बताउछन । राम्रो र गुणस्तर कामका लागि आवाज उठाउदा निर्माण कम्पनीले आफु विरुद्ध अभिव्यक्ति नदिन पटक पटक दवाव दिएको उनले बताए । पुर्वजहरुले दुई सय वर्ष सम्म टिक्ने गरी बनाए । अहिलेको पुस्ताले बनाएको २०वर्ष सम्म पनि टिक्न नसक्ने पुजारी लम्साल दावी गर्दछन ।
विश्व बैंकको ऋण सहयोगमा झण्डै डेड दशक अगाडि अमर नारायाण फुलबारी परिसरमा भौतिक संरचनाको निर्माणको क्रममा मन्दिरको छानालाई समेत मिलाउने गजुरमा सुनको लेपन लगाउने भनियो । हो त्यती बेला काम गर्ने समयमा छाना खलबल्याइयो । त्यसले गर्दा पहिलो र दोस्रो तलाको छना झर्यो । त्यति बेला नै निर्माण कम्पनीले राम्रो काम नगरेको हो । त्यसको प्रभाव र असर अहिले नै प¥यो । पहिले काम गरेको निर्माण कम्पनीले काम पुरा नगरी रकम भुक्तानी लियो त्यसैले अहिले पनि त्यसो नहोला भनेर भन्न नसकिने भएकाले स्थानिय सरकारका कर्मचारी संग सङ्का उब्जिएको स्थानियहरुको भनाई रहेको छ ।
स्थानिय सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ भने गुणस्तर, क्वालिटी, मापदण्डका विरुद्धमा कहि कतै संझौता नै हुदैन । पुरातात्विक राष्टिय सम्पदा भएको हुदा प्राविधिक हिसाबले कहि कतै कमी कमजोरी भए, प्राविधिकलाई भनेरै सच्याउन लगाउने अनि मात्र निर्माण कम्पनीले रकम पाउने उनले बताए । मापदण्ड र संझौतासंगै पहिलेको स्वरुपमा नआउदा सम्म सबै रकम भुक्तानी हुन नसक्ने र नहुने उनले भने ।
लामो समयदेखि अस्त व्यस्त
ऐतिहासिक, पुरातात्विक तथा सास्कृतिक महत्व बोकेको र नेपाली सेनाले ४ पटक सलामी दिने मन्दिरको व्यवस्थापन समिती नहुदा अस्त व्यस्त हुन पुगेको छ । २०७२ सालमा २ वर्षूका लागि नारायण प्रसाद कोइरालाको संयोजकत्वमा गठित समितीको पुन गठन हुन नसक्दा अमर नारायाण मन्दिर अस्त व्यस्त हुन पुगेको भएको हो ।
अमर नारायण मन्दिरको लामो समय देखि नै व्यवस्थापन समिती नहुदा रेखदेखको कार्य अस्त व्यस्त नै छ । विगतमा पनि व्यवस्थापन समिती क्रियाशिल नहुदा निर्माण कम्पनीलाई कमाउने अवसर प्राप्त भयो । यस पटक त समिती नै छैन । मन्दिरका अध्यक्ष नारायण कोइराला कोभिड संक्रमण फैलनु अगाडि काठमाडौं गएका हुन त्यस पछि नफर्कीएको पुजारी लम्साल बताउछन ।
निर्माणको कार्यमा मसिनो गरी ध्यान दिने भनेको व्यवस्थापन समिती नै हो तर म्याद सकिएको भए पनि, अध्यक्ष बाहेक अन्य सदस्य पनि छन । त्यसै गरी मन्दिरको पौवामा कार्यलय स्थापना गरेको अमर नारायण युवा क्लव छ त्यस्ता जन सरोकारहरुले खबरदारी गर्नु पर्ने थियो तर अप्ठारो अवस्थामा सबै मौन बस्दा निर्माण कम्पनीले यसलाई अवसरका रुपमा लिएको स्थानियहरुको भनाई रहेको छ ।
बिना तलब काम
मन्दिरमा नित्य पुजा गर्न, त्यस वापत पारिश्रामिक पाउने भन्ने शर्तमा गुल्मीबाट पाँच जना परिवार सहित आएका मन्दिरका पुजारी फणिन्द्र राज लम्सालले गत साउनदेखि नै बिना तलब काम गरेका छन् ।
गत जेठबाट अमर नारायणको मन्दिरको लागि मुख्य पजनी भएका पुजारी लम्लास भन्दछन तलब कति भन्ने नै छैन दुई महिनाका लागि सात हजारका दरले तलब लिएको र त्यस पछिका दिनमा बिना तलब काम गर्न परेको छ । तलब मात्र नभई अहिले सम्म नियुक्ति पत्र बिना काम गर्नु परेको छ । तलबको कुरा गरौं समिती नै छैन । समितीले नै हो तलबको व्यवस्थापन गर्ने पाच जनाको परिबार कसरी व्यवस्थापन गर्ने हो उनले भने
तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ भन्दछन । मन्दिरको व्यवस्थापन समिती गठन गर्ने मालपोत कार्यालयले हो । नगर सरकारले सहजीकरण मात्र गर्ने हो । अहिलेसम्म व्यवस्थापन समिती विहीन भएर मन्दिरको पुजारीले तलब नपाउनु भनेको अत्यन्त दुखद कुरा हो उनले भने ।