© २०२३
बुटवल, २१ फागुन ।
अर्घाखाँची जिल्लाको साविकको बल्कोट गाविसमा स्थायी ठेगाना भई रुपन्देहीमा विभिन्न पेसा, व्यवसाय गरिरहेका व्यक्तिहरुको साझा हित तथा समस्याहरुलाई सामूहिक तवरबाट समाधान गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा स्थापित भएको बल्कोट अर्घाखाँची रुपन्देही सम्र्पक समाजको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले अध्यापक मोहन भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेल, प्रथम उपाध्यक्षमा रुपलाप पन्थी, द्वितीय उपाध्यक्षमा रमेश पाण्डे, सचिवमा धु्रव सापकोटा, सहसचिवमा सन्तोष पन्थी, कोशाध्यक्षमा हरि न्यौपाने रहेका छन् भने सदस्यहरुमा जनक पाण्डे, भुवन पाण्डे, गंगाराम भुसाल, तुल्सीराम बेलवासे, यज्ञ प्रसाद सापकोटा, मञ्जु पौडेल, रुपा पाण्डे भट्टराई रहेका छन् ।
कार्यक्रमले निवर्तमान अध्यक्ष दिपक पन्थीलाई प्रमुख संरक्षकको भूमिकामा चयन गरेको छ । अधिवेशनले संस्थाका गतिविधिलाई प्रभावकारी तथा सामाजिक क्षेत्रमा थप सामाजिक उत्तरदायित्व वहन गर्दै अगाडि बढ्ने आगामी कार्ययोजना रहेको नवनिर्वाचित अध्यक्ष मोहन भट्टराईले बताए ।
कार्यक्रम निवर्तमान अध्यक्ष दिपक पन्थीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको उदघाटन नेपाल खानेपानी सस्थानका केन्द्रीय अध्यक्ष गुनाखर भुसालले गरेका थिए । त्यस अवसरमा यमलाल भुसाल, समाजसेवी नवराज श्रेष्ठ, बावुराम पौडेल, रुपलाल पन्थी लगायतले संस्थाको विविध गतिविधिका बारेमा आफ्नो धारणा राखेका थिए ।