ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

शंकरनगर सामुदायिक वनमा रक्तदान

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

बुटवल, २० फागुन ।

शकरनगर सामुदायिक वन, तिलोत्तमा (१–४) रुपन्देहीले आफ्नो २७ औं वार्षिकोत्सव वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । कार्यक्रमको एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्दै समुदायलाई संगठित गर्दै आफ्नो क्षेत्रको वन संरक्षणमा सामुदायिक वन समुहको महत्वपूर्ण योगदान रहेको बताए ।

मानवीय सेवामा उपयोग हुने गरी गरिएको रक्तदान जस्तो पुण्य कार्य अझ त्यसमा उदाहरणीय भएको उनको दाबी छ । रुपन्देही जिल्लामा तिलोत्तमा नगरका बासिन्दालाई निःशुल्क रगतको ब्यवस्था गरेको समेत उनले बताए । समाजका अगुवाहरुको प्रयासबाट वन जंगल र जमिन संरक्षण भएको भन्दै आर्थिक विकास र समृद्धिसंग वनलाई जोड्ने गरी कार्यक्रम ल्याउन सुझाव दिए ।

कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरीले संघसंस्थाहरुको कोष बृद्धिसंगै स्थानीय जनतालाई बढीभन्दा वढी सेवा सुविधा दिनेतर्फ जोड दिनुपर्ने बताईन् । नाम अनुसार नै सामुदायिक वन, खानेपानी जस्ता संस्थाहरु जनतालाई सहुलियत मुल्यमा सेवा दिनुपर्ने बताईन् । बि.सं २०५२ साल फागुन २० गते जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शकरनगर सामुदायिक वनले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व र मानवीय सेवा अन्तर्गत रचनात्मक कार्यक्रम गर्दै आएको समूहका अध्यक्ष रबिन्द्र वस्नेतले बताए । सामुदायिक वनको संरक्षण र दिगो विकासका लागि अग्रजहरुको महत्वपुर्ण भूमिका रहेको उनले वताए ।

कार्यक्रममा समूहका संस्थापक अध्यक्ष केशवराज न्यौपाने, उपाध्यक्ष कमला ज्ञवाली र सचिव कालिका अधिकारीले सामुदायिक वन संरक्षणमा धेरै चुनौतीहरु आईपरेको भन्दै भूमाफियाहरुबाट हडप्न खोजेको ८२ विगाह जग्गा जोगिएको बताए । वनको संरक्षण, दिगो विकास र चोरी निकाशी नियन्त्रणका लागि सवैको साथ र सहयोग आवश्यकपर्ने उनीहरुको सुझाव छ । नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६८ युनिट रगत संकलन भएको समूहका सदस्य मिनप्रसाद देवकोटाले बताए । वन क्षेत्र ५ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?