ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

रोटरीको १४ सय ५३ औं बैठक

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

बुटवल, २० फागुन ।

रोटरी क्लव अफ बुटवलको १४ सय ५३ औं नियमित बैठक सम्पन्न भएको छ । बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा गेष्ट स्पीकरको रुपमा अपाङ्ग संघ रुपन्देहीका व्यावसायिक विकास अधिकृत रमेश पोखरेल उपस्थित थिए ।

त्यस अवसरमा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिहरुलाई राहत भन्दा पनि अवसरको खाँचो रहेको भन्दै रोटरी जस्ता सामाजिक संस्थाहरुले उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्फ रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा जोड्न आफ्नो संस्थाको तर्फबाट हुन सक्ने सबै सहयोग उपलब्ध गराउन तयार रहेको भन्दै यसका लागि रोटरीयनहरुले पनि सहयोग गर्नुपर्ने बताए । रोटरीले विश्वभरबाट पोलियो उन्मुलन गर्न सफल भएको र अहिले पनि पोलियोकै कारण थुप्रै व्यक्तिहरुले अपाङ्गता भएर कठिन जीवनयापन गरिरहेको भन्दै पोखरेलले सबैखाले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिन नसकेपनि रोटरीले कम्तमिा पनि पोलियोकै कारण अपाङ्गता भएकाहरुलाई अवसर दिने गरी योजना बनाउन सुझाव दिए ।

बैठकमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजूले रोटरीको डिष्ट्रिक कन्फ्रेन्सबारे जानकारी गराएका थिए । उनले डिष्ट्रिक कन्फ्रेन्स रोटरीको एउटा महत्वपूर्ण पर्व रहेको भन्दै यसले देशभरीका रोटरीयनहरुसँग फेलोसिपको अवसर प्रदान गर्ने बताए । ध्वजूले डिष्ट्रिक कन्फ्रेन्समा सहभागी हुन बुटवलका रोटरीयनहरुलाई आग्रह गर्दै महत्वपूर्ण अवसर नगुमाउन आग्रह गरे ।
बैठकमा रोटरीयनहरु लालहरि पाण्डे, दया भण्डारी, जीवकान्त काफ्ले, करुण खनाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । बैठकपछि रोटरीयनहरुबीचमा होली मिलन समारोह गरिएको थियो । रोटरीयनहरुले आपसमा टिका लगाएर होली मिलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?