© २०२३
बर्दघाट, १८ फागुन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकी केन्द्रीय सदस्य स्मृति तिमिल्सेना (गुरुआमा) सम्मानित भएकी छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीले तिमिल्सेनालाई सम्मान गरेको हो । गत फागुन १२ देखि १४ गतेसम्म धादिङ्गबेशीमा सम्पन्न ८ औँ अधिवेशनमा तिमिल्सेना केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।
नवलपरासी जिल्लाबाट पहिलो पटक केन्द्रीय सदस्य चुनिएकोमा प्रतिष्ठानकी जिल्ला अध्यक्ष श्यामकला भण्डारीले खुसी ब्यक्त गर्दै जिल्लाको पहुँच अव केन्द्रसम्म पुगेको बताइन् । जिल्लाको प्रतिनिधि केन्द्रसम्म पुग्दा समग्र जिल्ला नै लाभान्वित हुने उनको भनाइ थियो ।
निवर्तमान जिल्ला अध्यक्ष भरत क्षेत्रीले जिल्लाको प्रतिनिधित्व गर्दै लामो समय देखि गित सँगित क्षेत्रमा क्रियाशिल स्रष्टा केन्द्रमा पुग्नु समग्र जिल्लाकै प्रतिष्ठाको विषय रहेको बताए । सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तिमिल्सेनाले केन्द्रीय सदस्य भइसकेपछि थप जिम्मेवारी बोध भएको र गित सँगित क्षेत्रलाई अझ ब्यवस्थित गर्न आफ्नो सक्दो प्रयास रहने बताइन् ।
२०६५ सालदेखि सँगित क्षेत्रमा क्रियाशिल तिमिल्सेनाले वनकी चरी, आँशुको कारखाना, अभाव लगायतका बहुचर्चित गितसँगै २ हजार बढी म्यूजिक भिडियो निर्देशन गरेकी छन् । तीजका गित, भजन, लोक दोहोरी लगायतका गित समेत गायकी उनले करिव ५० वटा म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छन् ।
सातौँ राष्ट्रिय लोक दोहोरी अवार्ड, तिमिल्सेना विन्ध्यावासिनी म्युजिक अवार्ड, म्युजिक खवर अवार्ड लगायत १७ वटा अवार्डबाट सम्मानित समेत भएकी छन् ।