© २०२३
बुटवल, १७ फागुन ।
मिस वेष्ट्रन नेपाल २०२३ को अडिसन बुटवलमा सम्पन्न भएको छ । युवामा भएको सौन्दर्यसंगै बौद्धिक क्षमतालाई पहिचान गरी सामाजिक क्षेत्रमा अग्रसर गराउने लक्ष्य सहित नेक्स्ट रिभोलुसन नेपालको आयोजनामा कार्यक्रम भएको हो ।
एभरेष्ट ईन होटलमा बुधबार भएको अडिसनमा सहभागी भएका १७ जना प्रतियोगी मध्येबाट ९ जना छनौट भएको नेक्स्ट रिभोलुसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले बताए । पश्चिम क्षेत्रबाट मिस नेपाल २०२३ मा प्रतिनिधित्व गर्ने यो आधार भएको उनको दाबी छ । “यो चौथो संस्करणको अडिसनमा हो”– उनले भने । कुनै बेला ग्लेमरका रुपमा हेरिने यो प्रतियोगिता महिलाको क्षमता र विश्वमा नै आफ्नो देशको पहिचान दिलाउने रुपमा परिवर्तन भएको उनले दाबी गरे ।
अडिसनमा जजहरु आविष्कार खनाल, रेशम न्यौपाने र दिपेश लामाले प्रतियोगीहरुको सामान्य ज्ञान, वाक, स्माईल, पोजहरु बारेमा क्षमता पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने काम भएको थियो । अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहित, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले प्रतिष्पर्धाका लागि आवेदन दिएका थिए । मिस नेपाल द हिडन ट्रेजरको फ्रेन्चाईची लिएर संस्थागत रुपमा प्रतियोगिता गर्दै आएको उनले बताए ।
अडिसनमा छनौट भएका प्रतियोगीलाई ब्यक्तिगत क्षमता विकास, नेतृत्व, वक्ततृत्व, स्टेज प्रस्तुति लगायतका विषयमा ३ हप्ता तालिमहरु दिईने छ । चैत ११ गते हुने फाईनल कार्यक्रमको विजेताले पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिने छन । सन २०१८ बाट प्रतियोगिता गर्दै आएको उनले बताए । अहिलेसम्मको यस क्षेत्रबाट सहभागी भएर मिस नेपालको टप १२ सम्म पुगेको छ । प्रतियोगीले आफ्नो शरीरमा कुनै किसिमको टाटुहरु नखोपेको हुनुपर्ने उनले बताए । मिस वेष्ट्रन नेपालकी गतवर्ष डा. दिलासा डोटेल विजेता भएकी थिईन् ।
कार्यक्रम निर्देशक गोपाल अधिकारीले युवाको शारीरिक र बौद्धिक क्षमता प्रदर्शन गर्ने प्लेटफर्मका रुपमा यो कार्यक्रम भएको बताए । यसअघि रुपन्देहीका बुटवल बहुमुखी, लुम्बिनी बाणिज्य क्याम्पस, अक्सफोर्ड, एम्स, एक्सिस कलेजमा अडिसनको क्याम्पेनिङ गरिएको थियो ।
ललितपुरको गोदावरी स्थित २ हजार ८ सय दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको ग्रान्ड फिनाले हुनेछ । डाबर वाटिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।