© २०२३
सल्यान, १७ फागुन ।
सल्यानको शारदा नदी किनारमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ४ डोढेरा स्थित शारदा नदीको किनारामा पानीमा तैरिरहेको अबस्थामा नवजात शिशु सालनाल सहित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राती पौने ८ बजेतिर कालिमाटी ४ का वडा अध्यक्ष बेल बहादुर चन्दले शिशुको शव फेला परेको जानकारी गराएका थिए । मंगलबार राती नै इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरी बुधबार विहान घटनास्थल कार्य समाप्त गरेको थियो ।
नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी