© २०२३
दाङ, १७ फागुन ।
देशको पूर्वाधार विकासमा निर्माण व्यवसायीहरु गम्भीर बन्नुपर्ने लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले बताएका छन् । निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेश्रो साधारणसभा तथा दोस्रोे अधिवेशनमा बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
उनले विकास निर्माणका क्षेत्रमा निर्माण व्यवसायी ईमान्दारिताका साथ अगाडि बढ्नुपर्ने बेला आएको बताए । कतिपय निर्माण व्यवसायीले निर्माणको जिम्मेवारी लिएर काम अलपत्र पार्ने गरेको हुँदा अब बन्ने कार्य समितिले त्यस्ता ठेकेदारलाई कानुनी दायरामा ल्याउन र छिटो छरितो रुपमा काम सम्पन्न गर्ने आधार तय गर्न ध्यानाकर्षण गराए ।
उनले सरकारले जारी गरेको कतिपय ऐन कानुनका कारण निर्माण व्यवसायीलाई काम सम्मपन्न गर्दा सम्म पनि समयमा भुक्तानी नहुने, कामको स्वीकृती हुँदा बजेट सुनिश्चित नहुने कतिपय अवस्थाले पनि समस्या हुने गरेको तर्फ आफू गम्भीर रहेको बताउँदै बाधक बनेका विद्यमान ऐन, कानुन संशोधन गर्न सहजीकरण गर्ने प्रतिवद्धता जनाए । केही निर्माण व्यवसायीको काम समयमा सम्पन्न नगर्ने प्रवृत्तिले विकासे आयोजना अलपत्र हुने गरेको बताए । यस्तो प्रवृत्तिले देश विकासमा बाधा पुग्ने गरेकाले यस्ता कृयाकलाप निरुत्साहित गर्ने तर्फ अघि बढ्न उनले सचेत गराए ।
निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी संघ दाङको समन्वयमा भईरहेको छ । अधिवेशनमा प्रदेशका १२ वटै जिल्लाका निर्माण व्यवसायी, सरोकार निकायलगायतको उपस्थिति रहेको छ । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।