ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

छोराछोरीसहित दुई वर्षदेखि महिला बेपत्ता, श्रीमानले फेला पारे आपत्तिजनक फोटो

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

सल्यान, १५ फागुन ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कटौजेरीका देव बहादुर खड्का बैदेशिक रोजगारीका लागि दुबैमा थिए । एक छोरा, एक छोरी, श्रीमती तथा परिवारको खुसीका लागि केही पैसा कमाउनका लागि विदेशी भूमिमा पसिना बगाइरहेका थिए । तर घरमा छोराछोरी सहित श्रीमती लालसरी हराएपछि उनी चिन्तामा परे । हाल नेपाल फर्किसकेका देव बहादुरले करिव दुई वर्षदेखि सम्पर्क विहिन रहेका श्रीमती र आफ्ना दुई सन्तानको खोजीका लागि अनुनय गरिरहेका छन् । आफ्ना ससुरा सहित उनी श्रीमतीको खोजीमा लागेका छन् ।

विदेशमा रहदा उनले श्रीमतीको अन्य कुनै पुरुषसंँग अंगालोमा बाँधिएको र केही आपत्तिजनक फोटोहरु इमो मार्फत फेला पारेका थिए । उनी भन्छन्, “त्यस्ता फोटा देखेपछि मं धेरै रोएँ । श्रीमतीलाई फोन गरेर गाली पनि गरेँ । त्यसपछि उ छोराछोरी सहित भागेर कता गई थाहा भएन । घरबाट हराएको दुईतीन महिनापछि मात्रै मैले थाहा पाएँ ।“

अहिले छोरो ७ वर्ष र छोरी ५ वर्षको भइसकेका छन् । उनीहरुको निकै चिन्ता लाग्ने गरेको देव वहादुर बताउँछन् । “अरु नै पुरुषसंग लप्पन छप्पन भएको आशंका छ । उ संगै गएको होकी जस्तो लाग्छ”, आफ्नो श्रीमतीसंग पुरुषको फोटो देखाउँदै उनले भने, “त्यो मान्छेलाई मैले चाही चिन्दैन ।”

माइती पक्षले पनि अहिले सम्म छोरीको अवस्था पत्ता नलागेको बताएको छ । देव वहादुरका ससुरा कपुरकोट २ निवासी लिल बहादुर घर्तीले छोरी र नाती नातीना घर छाडेर हिडेका थाहा भएपछि प्रहरीमा निवेदन दिएको बताए । तर पनि अझै फेला पार्न नसकिएको उनको भनाई छ । करिव एक बर्ष अघि सम्म आफ्नो दिदी वहिनिसंग फोन सम्पर्क गरेको भएपनि हाल दिलसरी र दुई सन्तानको अवस्था आज्ञात रहेको छ ।

आफू विदेशमा रहका कमाएर घर पठाएको रकम समेत हिनामिना भएको दिलसरिका श्रीमान देव बहादुर बताउंँछन् । रहरलाग्दा कलिला छोराछोरीले के गरिरहेका होलान, कहाँ होलान् भन्ने चिन्ताले सताइरहेको भन्दै उनले खोजी कार्यमा सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission