ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रजनन स्वास्थ्यको विषय सबैको साझा हुनुपर्र्छः मन्त्री थारु

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

दाङ, १५ फागुन ।

महिलाको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार रहेको प्रजनन स्वास्थ्य सबैको साझा हुनु पर्ने भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले बताएका छन् । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रलायको आयोेजना र संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा आइतवार दाङको लमहीमा भएको कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।

मन्त्री थारुले नागरिक स्वस्थ भए मात्र स्वास्थ समाजको कल्पना गर्न सकिने भएका कारण सरकारले अन्य स्वास्थ्यका कुरालाई जस्तै प्रजनन स्वास्थ्यलाई पनि प्राथमिकता राख्नु पर्ने बताए । उनले हरेक स्थानीय तहमा स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने उनको धारणा थियो । “जनताको आवाजलाई वुलन्द पार्ने र जन दबावका लागि पत्रकारले खवरदी गर्नुपर्छ”, उनले भने ।

सोही कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले लक्षित वर्गको क्षेत्रमा स्वास्थ्यको पहुँच नपुगेको बताइन् । घर घरको सरकार स्थानीय सरकारले यसमा विशेष ध्यान दिन आग्रह गरिन् । नागरिकको स्वास्थ्य क्षेत्रमा आफूले सधै काम गर्ने प्रतिबद्धता उनले जनाइन् ।

अर्का प्रदेश सभा सदस्य सीता चौधरीले महिलाको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको कुराको बारेमा खुलेर बोल्ने र बहसका कार्यक्रम निरन्तर हुनुपर्ने बताइन् । समाजका कुरालाई सम्वोधन हुने गरी आफ्नो भूमिका रहने उनको भनाइ थियो ।

पूर्व सभासद दामा शर्माले स्वास्थ्यको क्षेत्रमा पर्याप्त कर्मचारी नहुँदा प्रभावकारी काम हुन नसकेको बताइन् । यसको समाधानमा प्रदेश सरकारले पहल गर्नु पर्ने उनको धारणा थियो । दरवन्दी थपेर भएपनि सेवा सुविधा दिनुपर्नेमा उनले जोड दिइन् । प्रजनन् स्वास्थ्यका विषयमा पत्रकारले निरन्तर खवरदासी गर्नु पर्ने र यो विषयमा वहस निरन्तर हुनुपर्ने उनले बताइन् । स्वास्थ्य मन्त्रालयका नरसिङ निरिक्षक सुनिता ज्ञवालीले विषयबस्तुको वारेका जानकारी गराएकी थिइन् । संचारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष पत्रकार अमृता अनमोलले पत्रकारले प्रजनन स्वास्थ्यका वारेमा कलम चलाउन पर्ने विषयमा जानकारी गराइन् ।

जनस्वाथ्य कार्यालय दाङका निमित्त प्रमुख डम्वरबहादुर कुँवरले दाङका स्थानीय तहमा भएका वर्थिङ सेन्टरमा सबैभन्दा राम्रो काम गरेको राप्ती गाउँपालिका र सबैभन्दा कमजोर राजपुर गाउँपालिका रहेको जानकारी दिए । कार्यक्रममा महिला अधिकारकर्मी, जनप्रतिनिधि र पत्रकार महिलाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?