ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
मर्चवारमा नाडा लुम्बिनीको निःशुल्क स्वस्थ्य शिविर

आठ सय बिरामीले लिए लाभ

१४ फाल्गुन २०७९, आइतबार
१४ फाल्गुन २०७९, आइतबार

बुटवल, १४ फागुन ।

मर्चवारका बासिन्दाहरुलाई स्वस्थ्य सचेतनासंगै सेवा दिने उद्देश्यका साथ एक दिने निःशुल्क स्वस्थ्य शिविर, सचेतना तथा औषधी वितरण कार्यक्रम गरिएको छ । लुम्बिनी अटोमोबाईल्स एशोसिएशन अफ नेपाल नाडा (लुम्बिनी) को आयोजना तथा सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दा नेपालको प्राविधिक सहयोगमा समरीमाई गाउँपालिकाको जनता मावि बिजरौलीमा शनिबार निःशुल्क स्वस्थ्य शिविर, सचेतना तथा औषधी वितरण गरिएको हो । लुम्बिनी प्रदेश स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका स्वस्थ्यमन्त्री विष्णु प्रसाद पन्थीले डा राजेन्द्र प्रसाद बश्याललाई स्वस्थ्य सामग्री हस्तान्तरण सहित शिविरको उद्घाटन गर्दै रुपन्देही विकट क्षेत्र मानिने मर्चवारमा आवश्यकता अनुसार राम्रो कार्य भएको बताए । विकासमा पछि परेको सो क्षेत्रमा शिक्षा, स्वस्थ्य, सरसफाईको क्षेत्रमा सामाजिक संघसंस्थाहरुको योगदान महत्वपूर्ण हुने उनको दाबी छ । सरकारलाई झकझकाउने गरी निरन्तर सामाजिक संघसंस्थाहरु लाग्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा लुम्बिनी नाडाका अध्यक्ष गणेश भट्टराईले आफनो पेशा ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा समेत नाडा सधै अग्रसर रहेको बताए । वार्षिक कार्ययोजना अनुसार स्वस्थ्य सचेतनाको कार्यक्रमलाई रुपन्देही जिल्लाकै बिकट मानिने मर्चवारमा लगेर कार्यक्रम गरेको उनले बताए । शिविरमा स्त्री रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बश्याल, फिजिसियन डा केशव शर्मा, बालरोग अरुण पोखरेल, आम्दा नेपालका आकस्मिक सेवा प्रमुख श्रीकान्त सुवेदी लगायत एक दर्जन बढी प्राविधिकहरुबाट सेवा दिइएको थियो । शिविरमा करीब ९ लाख रुपैया बराबरको औषधी र सेवा दिईएको उनले बताए ।

शिविरमा आएका बिरामीहरुमध्ये अधिकाशमा महिलामा पाठेघरको समस्या, बच्चाहरुमा रुघाखोकी, दम पाईएको चिकित्सकहरुले बताए । उनीहरुलाई थप सेवाका लागि समेत परामर्श दिईएको थियो ।

कार्यक्रममा सम्मरीमाई गाउँपालिका प्रमुख विनोद कुमार श्रीवास्तव, उपप्रमुख प्रियंका शाही सिह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझी, नाडा अटो मोबाईल डिलर्स एशोसियसन नेपालका सहसचिव पंकज अग्रवाल, जनता मावि ब्यवस्थापन समितिका अध्यक्ष राजाराम धोबी, प्रधानाध्यापक मखन लोध, एमआर वसन्त पोखरेलले सरकारी सेवाबाट ओझेलमा परेका क्षेत्रमा ब्यवसायिक संघसंस्थाहरु समेत सामाजिक उत्तरदायित्व निवार्ह गर्दै गाउघरमै सेवा पाउनु उत्कृष्ट कार्य भएको बताए ।
कार्यक्रम संयोजक नाडा लुम्बिनीका सचिव राम प्रसाद बेल्बासेले स्थानिय आठ सय बढी बिरामीहरु सेवा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?