Butwal Today
मेडिको फयुजन हाईब्रिड नेपालका चिकित्सक टोली शिविरमा

सन्धिखर्कमा ६ सय जनाको निःशुल्क स्वास्थ्य जाँच

१४ फाल्गुन २०७९, आइतबार
अ+
अ-

बुटवल, १४ फागुन ।

चिकित्सक पेशासँगै सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालले शनिबार अर्घाखाँचीको सन्धिखर्कमा स्वास्थ्य शिविर संचालन गरेको छ । मेडिटेक ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर र देउराली यातायातको सहयोगमा गरिएको शिविरमा विकट गाउँका बासिन्दाहरुले सेवा लिएको क्लबका अध्यक्ष डा. प्रकाश बस्नेतले बताए ।

करीब १ सय ८ जनाको भिडियो एक्सरेसहित ६ सय जनाको जाँच गरिएको उनले बताए । यसैगरी करीब २ सय जनाको रगत, पिसाब जाँचमार्फत मधुमेह, मृगौलाको अवस्थाबारे जानकारी दिने काम भएको उनले बताए ।

एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मिना अर्यालले उद्घाटन गर्दै विशेषज्ञ सेवा लिन शहर पुग्नुपर्ने बाध्यतालाई यसरी आयोजना भएको शिविर प्रभावकारी भएको बताए ।
शिविरमा करीब ५ लाख बराबरको औषधी र सेवा उपलब्ध गराईएको उनले बताए ।
कार्यक्रममा अस्पतालका एमडी गणेश ज्ञवालीले ब्यावसायिक कार्यका साथै सामाजिक क्षेत्रमा समेत अस्पताल ब्यवस्थापन लागेको बताए ।

शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा. गोपाल ज्ञवाली, सर्जन डा. भुवन पौडेल, स्त्रीरोग विशेषज्ञ डा. सतिश रुपाखेती, फिजिसियन शम्भु खनाल, नाक कान घाँटी रोग विशेषज्ञ डा प्रकाश बस्नेत, रेडियोलोजी डा. ज्ञान चन्द्र पौडेलसहित एक दर्जन बढी प्राविधिकहरुले सेवामा सहजीकरण गरेका थिए ।